चकचकी झापामा रोटर्याक्ट बिर्तामोडले स्तनपान प्रशिक्षण

चकचकी। रोटर्याक्ट बिर्तामोडले समुदायमा मातृ र बाल स्वास्थ्यलाई जनचेतना फैलाउने अभिप्रायले स्तनपान प्रशिक्षण प्रदान गर्दै स्वच्छ पदक वितरणका साथै ३० थान सेनेटरी प्याड वितरण गरेको छ।

आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो। गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। यो मूलमन्त्रलाई आत्मसात् गर्दै जनचेतना फैलाउने काम रोटर्याक्ट बिर्तामोडले  नेपाल रेडक्रस सोसाइटी चकचकी, झापामा सम्पन्न गरेको छ ।

स्तनपानलाइ विषेश गरी तीन वटा ‘ई’ मा विभाजन गरिएको छ। पहिलो ‘ई’ अथवा (अर्ली इनिसिएसन अफ ब्रेस्ट फिडिङ) । भन्नाले शिशु जन्मेको १ घण्टाभित्र आमाको दुध चुसाउने बुझिन्छ । दोस्रो ‘२’ अथवा (एक्सक्लुसिभ ब्रेस्ट फिडिङ)। भन्नाले पूर्ण स्तनपान वा बच्चालाई जन्मेको ६ महिनासम्म (आवश्यक परेमा औषधी वा भिटामिन बाहेक) पानी पनि नदिई आमाको दुध मात्र खुवाउनु हो ।र तेस्रो ‘ई’ अथवा (एक्सटेन्डेड ब्रेस फिडिङ)। भन्नाले बच्चा जन्मेको करिब २ वर्षसम्म आमाको दुधका साथै पोषिलो खानेकुरा सही मात्रा, सही तरिका र सही समयमा खुवाउने बुझिन्छ।

कार्यक्रम बाप्पा शाहको अध्यक्षतामा मुख्य अतिथि बाह्रदशी वडा नं. ४ का प्रमुख, महताब आलम र विशेष अतिथि रेड क्रस सोसाइटीका राम नारायण शर्मा थिए। अतिथिहरूमा कल्पना श्रेष्ठ, बिबेक कुमार गणेश रोट्रयाक्टर अंशिका पौडेल, रोट्रयाक्टर अस्मित गोसाइ, योग माया गौतम, जमुना देवि गोस्वामीको उपस्थित थियो। कार्यक्रममा सुमन पोदारले स्वागत मन्तव्य राखेका थिए । रोट्रयाक्टर अलिशा राजबंशीले प्रशिक्षण गरेको उत्त कार्यक्रम कुशल अधिकारीले संचालन गरेका थिए ।

 

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago