हिकोला हेरिटेजको तीन दिवसीय वार्षिकोत्सवमा पर्यटकलाई स्वागत

काँकडभिट्टा । होटल हिकोला हेरिटेजको तीन दिवसीय वार्षिकोत्सव कार्यक्रम बिहीवारदेखि झापाको काँकडभिट्टामा सुरु भएको छ ।

भारतीय सीमावर्ती पानीट्यांकी नाका हुँदै स्थलमार्गबाट नेपाल भित्रिएका पर्यटकलाई बाजागाजा र नाचगानसहित स्वागत गर्दै होटल हिकोलाले वार्षिक कार्यक्रमको सुरुवात गरेको हो ।
२०७६ माघ २६ गते स्थापना भएको होटल हिकोला हेरिटेजको यो तेस्रो वार्षिकोत्सव हो । प्रदेश १ सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले होटल हिकोला हेरिटेजको उद्घाटन गरेका थिए । उद्घाटनलगत्तै कोरोना संक्रमण बढेपछि पूर्ण सञ्चालनमा नआउँदै होटल बन्द भएको थियो । होटल परिसरमा आयोजित समारोहका बीच प्रदेशसभा सदस्य गोपाल तामाङले वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रम उद्घाटनपछि होटल व्यवस्थापन लाखे नाचसहितको सांस्कृतिक टोली लिएर नेपाल भित्रिने पर्यटकको स्वागत सत्कारका लागि मेची पुल पुगेको थियो ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थापना भएको होटलले अतिथि पाहुनालाई सीमा नाकामा पुगेर स्वागत गरेको सञ्चालक देवीभक्त श्रेष्ठले बताए । व्यावसायिक क्षेत्रका अगुवा श्रेष्ठ आफैँ नाचगानसहित नेपाल भित्रिने पर्यटकको स्वागतका लागि सीमा नाकामा पुगेका थिए ।
साहित्य चौतारीका कलाकर्मीसहितको टोली पनि स्वागत कार्यक्रममा सहभागी भएको थियो । चौतारीका संरक्षक उर्मिला विमली र अध्यक्ष हस्त परियारसहितको टोली कार्यक्रममा सहभागी भएको हो । जिल्ला समन्वय समिति उपप्रमुख शान्ता रोक्का र एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई पनि कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै मेचीनगरका पूर्व मेयर विमल आचार्यले पर्यटनको महत्व बुझेर होटलका सञ्चालक श्रेष्ठले समाजलाई मार्गदर्शन गरिरहेको भन्दै प्रशंसा गरे । कार्यक्रमको पहिलो दिन सरोकारवालाले पर्यटनको महत्वका विषयमा छलफल गरेका छन् ।
वार्षिकोत्सवलाई संगीतमय बनाउने उद्देश्यले पहिलो दिन गायक यम बरालको एकल गायन भएको होटलका प्रवन्ध निर्देशक गौरव श्रेष्ठले बताए । शुक्रवार गायक नाम्गेल तामाङ र कृपा पौडेलको सांगीतिक प्रस्तुति रहने जनाइएको छ । गायक तामाङ नेपाल आइडल सिजन चारका फस्ट रनरअप हुन् । त्यसैगरी गायिका पौडेल सारेगमप लिटल च्याम्पकी विजेता हुन् ।
तीन दिने सांगीतिक साँझको अन्तिम दिन अर्थात माघ २८ गते गजलकार रोदनको एकल गजल वाचन कार्यक्रम रहेको साहित्य चौतारी झापाकी मासिक सांगीतिक काव्यसभा संयोजक सुनिता तामाङले बताइन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago