झापा। अनारमनी सोसियल युथ क्लबको आयोजनामा बिर्तामोड रन म्याराथन हुने भएको छ ।
तिहार पर्वको उपलक्ष्यमा वडा खेलकुद विकास समिति बिर्तामोड ३, रोट्रयाक्ट क्लब अफ बिर्तामोड र युनाइटेड युथ क्लबको सहयोगमा यही कात्तिक २५ गते शनिवार बिहान महिला र पुरुषको खुल्ला म्याराथन प्रतियोगिता आयोजना गरिने भएको बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । धावकहरुका लागि करिव ६ किलोमिटर दुरी तय गरिएको बिहान ६.३० बजे बिर्तामोड नगरपालिका अगाडिबाट शुरु हुने म्याराथन भगवान चौक हुँदै मुक्ति चोक पुगेर पुनः नगरपालिका कार्यालय अगाडि आएर समापन हुने भएको छ ।
‘स्वास्थ्यको लागि खेलकुद, लागूऔषधमुक्त बिर्तामोडका लागि हामी एकजुट’ भन्ने नाराका साथ सो प्रतियोगिता दोस्रो पटक आयोजना गरिएको कार्यक्रम संयोजक प्रभास थापामगरले बताए । युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन गत वर्षदेखि म्याराथन प्रतियोगिता आयोजना गरिएको उनले बताए । पुरुष र महिला म्याराथनमा प्रथम , द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः ७ हजार ,४ हजार र ३ हजार नगद , मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
अनारमनीको ऐतिहासिक नामलाई जोगाउन २०७० सालमा क्लब स्थापना गरी खेलकुद र सामाजिक कार्यहरु निरन्तर गर्दै आएको अनारमनी सोसियल युथ क्लबका अध्यक्ष राज मुखियाले बताए । रोट्रयाक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष बाप्पा शाहले युवाहरुलाई लक्षित गरी आयोजना गरिएको म्याराथनमा सहभागी हुन आव्हान गरे ।
सहभागिता जनाउनका लागि शुक्रवार बेलुकासम्म फारम भर्न सकिने भन्दै अनारमनी युथ क्लबका सदस्य कोसिस घिमिरेले बिर्तामोड ३ नं वडा कार्यालयमा फारम उपलब्ध रहेको जानकारी दिए । उनले प्रतियोगिताकै दिन शनिवार बिहान समेत फारम भर्न सकिने बताए ।
विगत केही महिनादेखि बिर्तामोड ३ का युवाहरु एकजुट भई सामाजिक कार्यमा सक्रिय भएर लागिपरेको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । उनले खेलकुदसंगै लागूऔषध नियन्त्रण , सरसफाई , बृक्षरोपणजस्ता कार्यमा स्थानीय युवाहरुको उत्साहजनक सहभागिता देखिएको भन्दै प्रशंसा गरे ।
पत्रकार सम्मेलनमा वडा खेलकुद विकास समिति बिर्तामोड ३ का अध्यक्ष अनिश सुवेदी ,काजी ब्यांक्वेटका अरुण खड्का , नन्दु सब्जी भण्डारका विशाल चौधरीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका लागि विभिन्न संघ संस्था सहयोगी र प्रायोजक रहेका छन् । गत वर्ष आयोजित म्याराथन प्रतियोगितामा ७० भन्दा बढीले सहभागिता जनाएका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…