टाउको दुख्ने समस्या प्राय: सबैले नै भोगिरहेका हुन्छन् । तर लगातार एक भागको टाउको दुखिरहेको छ भने माइग्रेन हुन सक्छ । माइग्रेन यस्तो समस्या हो, जुन सहजै निको हुन सक्दैन तर वैकल्पिक चिकित्साबाट उपचार पाएमा ९० प्रतिशत निको बनाउन सकिन्छ ।

माइग्रेन के हो ?

माइग्रेन एक प्रकारको न्युरोजेनिक डिसअर्डर हो । माइग्रेन हुँदा टाउकोको एक भागमा असह्य टाउको दुखाइ हुन्छ । जसकारण माइग्रेनलाई अर्ध टाउको दुखाइ पनि भनिन्छ । माइग्रेनलाई दुई भागमा वर्गीकरण गरिएको हुन्छ । एउटा एपिसोड माइग्रेन र अर्को क्रोनिक माइग्रेन ।

एक महिनामा १४ पटकभन्दा कम हुने माइग्रेनको दुखाइलाई एपिसोडिक माइग्रेन भनिन्छ । त्यस्तै लगातार रुपमै माइग्रेनको टाउको दुखाइ हुन्छ वा १४ पटक भन्दा बढी समस्या देखिइरहन्छ भने त्यसलाई क्रोनिक माइग्रेन भनिन्छ ।

महिलालाई बढी सताउ

यो प्राय: १५ देखि ५० वर्षसम्म उमेरका महिलामा देखिन्छ । यसो भन्दैमा पुरुषमा हुँदैन भन्ने होइन तर तुलनात्मक रुपमा महिलामा बढी देखिन्छ । तथ्यांकले पनि ३० प्रतिशत पुरुष र ७० प्रतिशत महिला माइग्रेनबाट प्रभावित भएको पाइन्छ ।

महिलालाई मात्र किन भयो भन्ने कुराको निचोड पनि विज्ञानले निकालिसकेको छैन । यद्यपि महिनावारी सुरु हुँदा हार्मोन असन्तुलनले यस्ता प्रभाव देखिन सक्ने अनुमान अध्ययनले जनाएको छ ।

 

कारण

माइग्रेनको कारण पत्ता लागिसकेको छैन । मस्तिष्कभित्र र बाहिर रगतको नलीमा रक्तप्रवाहमा आउने  अवरोधले हुने विज्ञहरुको अनुमान छ । माइग्रेनको ठोस कारण नलागे पनि केही यस्ता वस्तु छन् जसले माइग्रेनलाई बढाउँछ । जसलाई माइग्रेनको ट्रिगर फ्याक्टर पनि भनिन्छ । धेरैजसोलाई उज्यालो किरण, होहल्ला, कडा गन्धले माइग्रेनको ट्रिगर गर्न सक्छ । खानपिन जस्तै, रेड वाइन, गालेको अचार, तामा, गुन्द्रुक, पनिर, चकलेटले पनि माइग्रेनलाई बढाउन सक्छ । यद्यपि सबैलाई एकै तत्वले ट्रिगर गर्छ भन्ने हुँदैन । महिलाहरुलाई महिनावारी हुनु तीन-चार दिनअघि वा महिनावारी पछि पनि माइग्रेनको अट्याक आउन सक्छ ।

माइग्रेनको चारवटा चरण हुन्छ ।

१. प्रिडोम

माइग्रेन हुनु एक दिनअघि वा केही दिनदेखि हाइ आउने, अल्छीपन र दिक्क लाग्नेजस्ता सामान्य समस्या देखिन्छ ।

२. औरा

दोस्रो चरणमा माइग्रेन हुनु पाँच मिनेटअघि आँखामा झिल्का र झड्का आएको जस्तो, आँखा तिर्मिराउने वा कालो धब्बा देखिने अनुभव हुन सक्छ । यो सबैलाई नदेखिन पनि सक्छ ।

३. अट्याक

माइग्रेनको तेस्रो चरणमा अट्याक आउने वा अत्यधिक टाउको दुख्ने हुन सक्छ । सो दुखाइ एकातिर घोचेको र तन्केको जस्तो हुन सक्छ । कतिलाई वाकवाक र बान्ता हुने अट्याकको समयमा उज्यालो हेर्न, कसैको आवाज सुन्न मन नलाग्ने, झ्यालढोका थुनेर बस्न मन लाग्ने, कसैमा हातखुट्टा झमझमाउने र निदाउने हुन सक्छ । यो अवधि चारदेखि ७२ घण्टासम्म हुन्छ । यो लक्षण व्यक्तिअनुसार फरक हुने हुँदा कसैलाई नदेखिन पनि सक्छ ।

४. पोस्ट ड्रम

पोस्ट ड्रम ह्याङ्गओभरजत्तिकै अनुभव हुन्छ । दिक्क लाग्ने, शरीर शिथिल हुने, खानै मन नलाग्ने, अत्यन्त कमजोर हुने जस्ता लक्षण देखिन्छ ।

चार चरणपछि अर्को एपिसोड नआउँदासम्म सामान्य हुने त्यसपछि केही दिन र केही हप्तामा अट्याक दोहोरिन सक्छ । सम्रग माइग्रेनको लक्षण टाउको दुखाइबाट सुरु हुन्छ । टाउकोको एक भागमा मात्र दुख्छ । त्यो टाउको दुखाइ केही दिन, केही साता वा केही घण्टाको लागि हुन सक्छ । स्वत: ठीक हुन्छ ।

 

पहिचान

सबै टाउको दुखाइ माइग्रेन होइन । यसमा अन्य टाउको दुखाइभन्दा फरक हुन्छ । एक भाग मात्र दुख्ने र घोच्ने खालको दुखाइ हुन्छ । एमआरआई गर्दा पनि कहिलेकाहीं यसको पहिचान हुन सक्दैन । टाउको दुखाइसँगै अन्य लक्षणको आधारमा यसलाई पहिचान गरिन्छ ।

उपचार

वैकल्पिक उपचार माइग्रेनमा धेरै हदसम्म प्रभावकारी देखाउँछ । धेरैजसो अध्ययन अनुसन्धानले पनि सो कुरा पुष्टि गरेको छ । वैकल्पिक चिकित्सामा माइग्रेनको उपचारमा सबैभन्दा प्रभावकारी अकुपन्चर र अकुप्रेसर हो । यस दुई विधिसँगै प्राकृतिक चिकित्साअन्तर्गत जलनेती, हेड मसाज र आयुर्वेदअन्तर्गत पर्ने  शिरोधारालाई संयुक्त रुपमा गर्न सकेमा यसको लक्षण न्यून पार्न सकिन्छ । साथै, योग र प्राणायाम पद्धति पनि प्रभावकारी छन् ।

उपचारमा ३० वटा सेसन हुन्छ । सुरुको १० दिन लगातार अकुन्पचर, अकुप्रेसर, हेड मसाज, शिरोधरा गरिन्छ । त्यसपछि एक दिन बिराएर १० वटा सेसनमा त्यही प्रक्रिया दोहोर्‍याउने र अन्तिम १० दिन साताको एकपटक अभ्यास गरिन्छ । यसरी चार महिनामा सेसन पूर्ण हुन्छ । यसरी उपचार गराउनेहरुमा ९० प्रतिशत माइग्रेन ठीक भएको छ । यी सेसनपछि घरमै गरिने तरिका सिकाइन्छ ।

सबैभन्दा छिटो यसले टाउको दुखाइलाई निको पार्छ । दुखाइ दैनिकजसो हुन्छ भने कहिलेकाहीं हुँदै कम हुन्छ । कतिपयलाई पूर्णतया निको समेत भएको छ । यसले माइग्रेनको अट्याकको अवधिलाई कम गर्छ । कसैलाई अट्याक नै नआउने समेत हुन सक्छ । उपचारपछि कहिलेकाहीं टाउको दुख्दा साधारण औषधि पारासिटामोलले निको हुन सक्छ ।

अकुपन्चरले माइग्रेनमा पार्ने प्रभाव

अकुपन्चर चिनियाँ परम्परागत चिकित्सा विधि हो । यसले शरीरमा हुने सकारात्मक र नकारात्मक तत्वलाई सन्तुलन गर्ने काम गर्छ । यो विधि अपनाउँदा इन्डोरफिन हार्मोन रिलिज हुन्छ, जसले प्राकृतिक पेन किलरको काम गर्छ । त्यस्तै, अटोनामिक नर्भस सिस्टममार्फत शरीरको नसा, रक्तचाप, पारा सिम्पाथेटिकको आउट फ्लोलाई सन्तुलन गर्छ । रोगसँग लड्ने क्षमता बढाइदिन्छ । साइकोलोजिकल प्रभाव बढ्छ, जसले दिमागले निकाल्ने केमिकललाई सन्तुलन गर्छ ।

जीवनशैली व्यवस्थापन पनि आवश्यक

उपचारपछि जीवनशैली व्यवस्थापन गर्न सिकाइन्छ ।

-तनाव व्यवस्थापन गर्ने ।

-सातदेखि आठ घण्टा दैनिक सुत्नुपर्छ । बेडमा बसेको ९० प्रतिशत समय पर्याप्त निद्रा लिएको हुनुपर्छ ।

-पोषिलो खानेकुरा पर्याप्त, ठिक्क खाने र समयमा खानुपर्छ ।

-पर्याप्त पानी पिउने ।

-माइग्रेन भएकाहरुले प्राणायाम, १५ मिनेटदेखि आधा हिंडडुल र योगा गर्ने ।

-डायरी ‘मेन्टेन’ गर्ने । कहिले कति दुख्यो र दुखाइ कस्तो प्रकृतिको छ भन्ने कुरा दैनिक डायरीमा टिपोट गर्ने । यसले चिकित्सकलाई अवस्था बुझ्न सहज हुन्छ ।

वैकल्पिक उपचारसँगै आफैंले यी नियमलाई ध्यान दिए माइग्रेनका समस्या भएकालाई ९० प्रतिशत ठीक हुन्छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago