यातायात ब्यवसायीको चक्काजामले जनजीवन प्रभावित

माग पूरा नभएसम्म गाडी सन्चालन नगर्ने

पाल्पा, २१ असोज । निजी सवारीसाधनले भाडामा यात्रु ओसारेको भन्दै यहाँका यातायात ब्यवसायी आन्दोलित भएका छन । आन्दोलन गरेका ब्यवसायीले आफ्ना सवारीसाधन आइतबारदेखि सन्चालन नगर्ने बताएका छन । पाल्पाको हार्थोक देखि पश्चिम हुँदै अर्घाखाँचीको पाणिनी गाउँपालिका सम्मका यातायात ब्यवसायी आन्दोलित भएका हुन । ब्यवसायीको बन्दले यहाँको जनजीवन प्रभावित बनेको छ । आइतबार यस क्षेत्रमा छिट्फुट बाहेक सवारीसाधन चलेनन । चाडपर्वका बेलमा गाडी बन्द गरेर आन्दोलन गर्नु भन्दा सहमतिमा अगाडि बढ्न यात्रुहरुले ब्यवसायीलाइ सुझाव दिएका छन ।

यता ब्यवसायीले भने आफ्नो माग पूरा नभएसम्म गाडी सन्चालन नगर्ने बताएका छन । निजि तथा साना सवारीले मनोमानि ढंगले गाडी चलाएको र भाडावाला सवारी मारमा परेको भन्दै गाडी बन्द गर्ने निर्णय गरेको आन्दोलनमा रहेका ब्यावसायी तथा संघर्ष समितिका संयोजक रमेश रायमाझीले जानकारी दिए । पश्चिम क्षेत्रमा चल्ने निजि सवारी तथा भाडावाला सानासवारी मापदण्ड अनुसार चलाउन माग राखेर गरेको बन्दले सर्वसाधारण यात्रु भने प्रत्यक्ष मारमा परेका छन ।

स्वस्फूर्त रुपमा जम्मा भएका ब्यवसायी

शनिबार स्वस्फूर्त रुपमा पाल्पाको छहरामा भेला भएका ढोरपाटन सडक हुँदै सालझण्डी र छहरा हार्थोक हुँदै बुटवल रुटमा सञ्चालन हुने यातायात व्यवसायीले निजी सवारीसाधनले गैरकानुनी रुपमा यात्रु बोक्ने गरेको भन्दै विरोध स्वरुप अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए । निजि तथा साना सवारीले मनोमानि ढंगले गाडी चलाएको र भाडावाला सवारी मारमा परेको भन्दै गाडी बन्द गर्ने निर्णय गरेको आन्दोलनमा रहेका एक व्यवसायीले बताएका छन् ।

आन्दोलनका कारण खडा भएका सवारीसाधन

आइतबारको आन्दोलन पश्चात् अर्घाखाँचिको पाणिनी गाउपालिकाक अध्यक्ष टेकराज न्यौपानेलाई ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्रमा गाउपालिकाले निजि सवारीसाधनलाई प्रोत्साहन गरेर दुर्घटना भएमा क्षेतिपुर्ती दिने गरेको प्रती आपत्ती जनाएका छन । उनिहरुले पालिकाले कानुन बिपरित हुने कार्य रोकथामको सट्टामा प्रोत्साहन गरेकोमा सार्वजनिक यातायात क्षेत्र प्रत्यक्ष मारमा रहेको बताएका छन ।

पाणिनी गाउँपालिकामा ज्ञापनपत्र बुझाउदै

पाल्पाको पश्चिम र अर्घाखाँचीको पाणिनि गाउपालिकाका अधिकांस क्षेत्रमा श्रीनगर यातायात र पश्चिम नेपालका गाडीहरू संचालन हुन्छन् । यता ब्यवसायीको आन्दोलनमा श्रीनगर यातायात सेवा कम्पनी प्रा लि ले बिज्ञप्ती निकालेर कम्पनीको बन्द सम्बन्धि कुनै कार्यक्रम नभएको जनाएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago