यातायात ब्यवसायीको चक्काजामले जनजीवन प्रभावित

२०८०, २१ आश्विन आईतवार २२:५६

माग पूरा नभएसम्म गाडी सन्चालन नगर्ने

पाल्पा, २१ असोज । निजी सवारीसाधनले भाडामा यात्रु ओसारेको भन्दै यहाँका यातायात ब्यवसायी आन्दोलित भएका छन । आन्दोलन गरेका ब्यवसायीले आफ्ना सवारीसाधन आइतबारदेखि सन्चालन नगर्ने बताएका छन । पाल्पाको हार्थोक देखि पश्चिम हुँदै अर्घाखाँचीको पाणिनी गाउँपालिका सम्मका यातायात ब्यवसायी आन्दोलित भएका हुन । ब्यवसायीको बन्दले यहाँको जनजीवन प्रभावित बनेको छ । आइतबार यस क्षेत्रमा छिट्फुट बाहेक सवारीसाधन चलेनन । चाडपर्वका बेलमा गाडी बन्द गरेर आन्दोलन गर्नु भन्दा सहमतिमा अगाडि बढ्न यात्रुहरुले ब्यवसायीलाइ सुझाव दिएका छन ।

यता ब्यवसायीले भने आफ्नो माग पूरा नभएसम्म गाडी सन्चालन नगर्ने बताएका छन । निजि तथा साना सवारीले मनोमानि ढंगले गाडी चलाएको र भाडावाला सवारी मारमा परेको भन्दै गाडी बन्द गर्ने निर्णय गरेको आन्दोलनमा रहेका ब्यावसायी तथा संघर्ष समितिका संयोजक रमेश रायमाझीले जानकारी दिए । पश्चिम क्षेत्रमा चल्ने निजि सवारी तथा भाडावाला सानासवारी मापदण्ड अनुसार चलाउन माग राखेर गरेको बन्दले सर्वसाधारण यात्रु भने प्रत्यक्ष मारमा परेका छन ।

स्वस्फूर्त रुपमा जम्मा भएका ब्यवसायी

शनिबार स्वस्फूर्त रुपमा पाल्पाको छहरामा भेला भएका ढोरपाटन सडक हुँदै सालझण्डी र छहरा हार्थोक हुँदै बुटवल रुटमा सञ्चालन हुने यातायात व्यवसायीले निजी सवारीसाधनले गैरकानुनी रुपमा यात्रु बोक्ने गरेको भन्दै विरोध स्वरुप अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए । निजि तथा साना सवारीले मनोमानि ढंगले गाडी चलाएको र भाडावाला सवारी मारमा परेको भन्दै गाडी बन्द गर्ने निर्णय गरेको आन्दोलनमा रहेका एक व्यवसायीले बताएका छन् ।

आन्दोलनका कारण खडा भएका सवारीसाधन

आइतबारको आन्दोलन पश्चात् अर्घाखाँचिको पाणिनी गाउपालिकाक अध्यक्ष टेकराज न्यौपानेलाई ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्रमा गाउपालिकाले निजि सवारीसाधनलाई प्रोत्साहन गरेर दुर्घटना भएमा क्षेतिपुर्ती दिने गरेको प्रती आपत्ती जनाएका छन । उनिहरुले पालिकाले कानुन बिपरित हुने कार्य रोकथामको सट्टामा प्रोत्साहन गरेकोमा सार्वजनिक यातायात क्षेत्र प्रत्यक्ष मारमा रहेको बताएका छन ।

पाणिनी गाउँपालिकामा ज्ञापनपत्र बुझाउदै

पाल्पाको पश्चिम र अर्घाखाँचीको पाणिनि गाउपालिकाका अधिकांस क्षेत्रमा श्रीनगर यातायात र पश्चिम नेपालका गाडीहरू संचालन हुन्छन् । यता ब्यवसायीको आन्दोलनमा श्रीनगर यातायात सेवा कम्पनी प्रा लि ले बिज्ञप्ती निकालेर कम्पनीको बन्द सम्बन्धि कुनै कार्यक्रम नभएको जनाएको छ ।

Comments

ताजा खबर