हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

झापा। शनिबार बिहान हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

शनिबार बिहान हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीकाे मृत्यु भएको छ । अन्य चारजनाको उपचार भइरहेको छ । अरु दुई जना फार्मर र प्रहरीको सुरक्षामा छन् भने एकजना बेपत्ता रहेको तेल अभिवस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । यद्यपि यसबारे दूतावासले औपचारिक जानकारी गराएको छैन ।

गैरआवासीय नेपाली संघ (एनआरएन) इजरायलका अध्यक्ष कृष्ण भण्डारीले दिएको जानकारीअनुसार, हमासको आक्रमणमा  मृत्यु हुनेमा कैलाली घोडाघोडी- ४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया- ३ का आशीष चौधरी, दार्चुला लेकमा- ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन- ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी- ६ का गणेशकुमार नेपाली, धनुषा सपाही- ६ का आनन्द साह, सुनसरी मधुवन- १ का राजेशकुमार स्वर्णकार, डोटी पचनली- ३ का राजन फुलारा, डोटीकै लमिखाल ८ का पदम र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् ।

अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा- २ का विधान सेजवाल, दाङ दङ्गिशरण-३ का प्रवीण डाँगी, कैलाली टीकापुर- ९ का धनबहादुर चौधरी, गोरखा- ८ गोर्खाका हिमान्चल कट्टेल र कंचनपुर भीमदत्त- ३ का विपिन जोशी छन् ।

सल्यान त्रिवेणी- १ का प्रमोद केसी बोस कस्टडी (रोजगारदाता किसानको संरक्षणमा) र कैलाली भजनी त्रिशक्ती- ४ का वीरेन्द्र चौधरी प्रहरी कस्डडीमा सुरक्षित छन् ।

१७ जना नेपाली विद्यार्थी रहेकाे सेदोत नेगेभमा हमासको आक्रमणपछि हिजो १७ मद्य्ये १२ नेपाली विद्यार्थी सम्पर्कविहीन थिए । तीमध्ये १० जनाकाे मृत्यु भएकाे अध्यक्ष भण्डारीले बताए ।

प्रभावित सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायअन्तर्गत (टिकापुर बहुमुखी क्याम्पस ) का रहेको बताइएको छ ।

इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कुल २ सय ६५ विद्यार्थी इजरायल गएका छन् । तीमध्ये ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका हुन् । त्यसमा पनि प्रभावित १७ जना सुदूरपश्चिम विश्वविद्यालयकै हुन् ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago