टर्कीमा विनाशकारी भूकम्पको असर, सर्‍यो जमिन साढे ३ मिटर

काठमाडौं । टर्कीमा सोमबार गएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यहाँको भौगोलिक अवस्थिति नै बदलिएको छ । टर्कीमा गएको ७.८ र ७.५ रेक्टर स्केलका दुईवटा शक्तिशाली भूकम्पको झट्काले गर्दा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

भूगर्भविदका अनुसार भूकम्पले गर्दा टर्की अवस्थित रहेको टेक्टोनिक प्लेटलाई १० फिट पर सारिदिएको छ । जसका कारण टर्कीको भौगोलिक अवस्थिति नै साढे ३ मिटर सरेको छ ।

टर्कीको भौगर्भिक अवस्थिति उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्रमा छ । यो मुलुक एनाटोलियन प्लेट, अरेबियन प्लेट र युरेसियन प्लेटको सीमाक्षेत्रस्थित फल्टलाइनमा पर्दछ । जसका कारण यहाँ भूकम्पीय गतिविधि तिव्र रहेको छ ।

वैज्ञानिकहरुका अनुसार भूकम्पका कारण एनाटोलियन प्लेट र अरेबियन प्लेटबीचको १४० मिटर लामो फल्टलाइनमा चिरा परेको छ । इटालियन भूकम्पविद डाक्टर कार्लो डोग्लियोनिका अनुसार सिरियाको तुलनामा टर्कीको जमिन ५‍.६ मिटरसम्म सरेको हुनसक्छ ।

यद्यपि यो प्रारम्भिक डेटा भएको हुनाले आगामी दिनमा प्राप्त गरिने स्याटेलाइट डाटाहरुबाट यसको एकिन जानकारी प्राप्त गर्न सकिनेछ ।

डरहाम विश्वविद्यालयका भूगर्भशास्त्रका प्राध्यापक डाक्टर बब होल्डस्वर्थका अनुसार भूकम्पको तिव्रता अनुसार अहिले भएको टेक्टोनिक प्लेटको स्थानान्तरण स्वभाविक हो । उनका अनुसार ठूला भूकम्पमा टेक्टोनिक प्लेट स्थानान्तरण हुने र त्यसबाट कुनै ठाउँको जमिनको अवस्थिति सर्ने कुरा अनुमानयोग्य तथा पुष्टि भएको कुरा हो ।

उनका अनुसार ६.५ देखि ६.९ रेक्टर स्केलसम्मको भूकम्पमा १ मिटरसम्म जमिन सर्न सक्दछ । जबकि सबैभन्दा ठूलो भूकम्पमा टेक्टोनिक प्लेट १० देखि १५ मिटरसम्मले पनि सर्न सक्छ ।

टर्कीमा भएको टेक्नोनिक प्लेटको स्थानान्तरण तेर्सो स्थानान्तरण रहेको र यसमा ३ देखि ६ मिटरसम्म सर्नु सामान्य रहेको उनको भनाइ छ । यस्तो प्रकारको तेर्सो स्थानान्तरणले सतहमा रहेका तथा भूमिगत भौतिक संरचनाहरुमा व्यापक क्षति हुने पनि उनले बताए ।

                                                             भूकम्पले जमिन सर्दा बाङ्गिएको लिक ।

जब दुईवटा एक अर्काको विपरीत दिशामा घुसिरहेका टेक्टोनिक प्लेटहरु जोडिन्छन् र एक्कासी चिप्लिन्छन् तब निकै ठूलो दबाब बाहिर निस्किन्छ, जसका कारण विनाशकारी भूइँचालो जान्छ । पृथ्वीको सबैभन्दा माथिल्लो पत्र अर्थात् क्रस्ट र मध्य पत्र अर्थात् म्यान्टलको उपल्लो भागबाट टेक्टोनिक प्लेट बनेको हुन्छ । भुइँचालोपछि एउटा प्लेट अर्को प्लेटको तल वा माथि खप्टिन पुग्दछ ।

प्रायः ठूला भुइँचालोहरु यस्ता टेक्टोनिक प्लेट जोडिने सिमाक्षेत्र अर्थात् फल्टलाइनमा जाने गर्दछन् । टर्की पनि यस्तै तीनवटा टेक्टोनिक प्लेट जोडिने ठाउँमा अवस्थित भएकाले उच्च भूकम्पीय जोखिममा पर्दछ ।

यसअघि टर्कीमा पटकपटक विनाशकारी भूकम्पन जाने गरेको छ । पछिल्लोपटक सन् १९९९ मा गएको ७.६ म्याग्निच्युडको भूकम्पमा १७ हजार ११८ जनाको मृत्यु भएको थियो । त्यहाँ हालसम्मकै सबैभन्दा विनाशकारी भुइँचालो १९३९ मा गएको थियो ।७.८ म्याग्निच्युडको सो भुइँचालोमा परी ३२ हजार ७ सय जनाले ज्यान गुमाएका थिए । सोमबार टर्कीमा गएको ७.८ म्याग्निच्युडको पहिलो भूकम्पको उद्गम जमिनभन्दा १८ मिटर गहिराइमा थियो भने त्यसको ९ घण्टापछि गएको ७.५ म्याग्निच्युडको झट्का १० किलोमिटर गहिराइमा उत्पन्न भएको थियो ।

भूकम्पबाट टर्की र सिरियामा गरी ५१ सय भन्दा धेरैको ज्यान गैसकेको छ भने हजारौँ घाइते भएका छन् । मूख्य झट्कापछि त्यहाँ परकम्पनहरु जाने क्रम चलिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सो भूकम्पबाट  साढे २ करोड मानिस प्रभावित भएका छन् ।

डेलीमेलको सहयोगमा

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago