ब्रेन ल्याण्ड एकेडेमीका राष्ट्रिय सेवा दलमा आवद्ध विद्यार्थीको बिदाई

राष्ट्रिय सेवा दल (एनसीसी)मा आवद्ध ब्रेन ल्याण्ड एकेडेमीका विद्यार्थीहरुको बिदाई गरिएको छ । एनसीसी तालिम प्राप्त विद्यार्थी नेपाली सेनाको बर्दिबास तालिम शिक्षालयमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको उप- प्रधानाध्यापक प्रशान्त दाहालले जानकारी दिनुभयो ।

एनसीसी टोली बर्दिबासमा १६ दिनसम्म रहने जनाइएको छ। बुढानिलकण्ठ नागरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बिदाई कार्यक्रममा विद्यार्थीले विभिन्न किसिमका फौजी कवाज तथा साँगीतिक नृत्य प्रस्तुत गरेका थिए । ब्रेन ल्याण्ड एकेडेमीका १८-१८ जना छात्रछात्रालाई नेपाली सेनाका राजन श्रेष्ठ नेतृत्वको टोलीले तीन महिने तालिम दिएको थियो ।

नेश्नल प्याबसनका महासचिव तथा कार्यक्रमका सभापति पारसमणी दाहालले, विद्यार्थीलाई अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील बनाउन तालिम दिइएको बताउनुभयो ।

सेवा दलले युवालाई अनुशासित, इमान्दार, जिम्मेवार तथा देशप्रति समर्पित सभ्य र सुसँस्कृत समाज निर्माणमा स्थापित गराउन जुनियर र सिनियर डिभिजन क्याडेट तालिम दिइरहेको जनाइएको छ ।

युवालाई अनुशासित, मुलुक र मुलुकवासीप्रति बफादार बनाउने तथा राष्ट्रियता र राष्ट्रिय एकतालाई प्रवद्र्धन र नेतृत्व विकास गर्ने लक्ष्यका साथ राष्ट्रिय सेवा दलद्धारा विद्यार्थीलाई तालिम दिन शुरु गरिएको, विशेष अतिथि बिग्रेडियर जेनेरल नेपाली सेना, यम बहादुर सापकोटाले बताउनुभयो ।

नेश्नल प्याबसनका महासचिव तथा कार्यक्रमका सभापति पारसमणी दाहालले, विद्यार्थीलाई अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील बनाउन तालिम दिइएको बताउनुभयो । बिदाई कार्यक्रममा नेश्नल प्याबसनका अध्यक्ष पाण्डब हमाल ठकुरी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

 

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago