ब्रेन ल्याण्ड एकेडेमीका राष्ट्रिय सेवा दलमा आवद्ध विद्यार्थीको बिदाई

२०७९, २४ पुष आईतवार ०९:५६

राष्ट्रिय सेवा दल (एनसीसी)मा आवद्ध ब्रेन ल्याण्ड एकेडेमीका विद्यार्थीहरुको बिदाई गरिएको छ । एनसीसी तालिम प्राप्त विद्यार्थी नेपाली सेनाको बर्दिबास तालिम शिक्षालयमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको उप- प्रधानाध्यापक प्रशान्त दाहालले जानकारी दिनुभयो ।

एनसीसी टोली बर्दिबासमा १६ दिनसम्म रहने जनाइएको छ। बुढानिलकण्ठ नागरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बिदाई कार्यक्रममा विद्यार्थीले विभिन्न किसिमका फौजी कवाज तथा साँगीतिक नृत्य प्रस्तुत गरेका थिए । ब्रेन ल्याण्ड एकेडेमीका १८-१८ जना छात्रछात्रालाई नेपाली सेनाका राजन श्रेष्ठ नेतृत्वको टोलीले तीन महिने तालिम दिएको थियो ।

नेश्नल प्याबसनका महासचिव तथा कार्यक्रमका सभापति पारसमणी दाहालले, विद्यार्थीलाई अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील बनाउन तालिम दिइएको बताउनुभयो ।

सेवा दलले युवालाई अनुशासित, इमान्दार, जिम्मेवार तथा देशप्रति समर्पित सभ्य र सुसँस्कृत समाज निर्माणमा स्थापित गराउन जुनियर र सिनियर डिभिजन क्याडेट तालिम दिइरहेको जनाइएको छ ।

युवालाई अनुशासित, मुलुक र मुलुकवासीप्रति बफादार बनाउने तथा राष्ट्रियता र राष्ट्रिय एकतालाई प्रवद्र्धन र नेतृत्व विकास गर्ने लक्ष्यका साथ राष्ट्रिय सेवा दलद्धारा विद्यार्थीलाई तालिम दिन शुरु गरिएको, विशेष अतिथि बिग्रेडियर जेनेरल नेपाली सेना, यम बहादुर सापकोटाले बताउनुभयो ।

नेश्नल प्याबसनका महासचिव तथा कार्यक्रमका सभापति पारसमणी दाहालले, विद्यार्थीलाई अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील बनाउन तालिम दिइएको बताउनुभयो । बिदाई कार्यक्रममा नेश्नल प्याबसनका अध्यक्ष पाण्डब हमाल ठकुरी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु