गुडिरहेको जीपमा ढुङ्गा खस्दा ३ जना  घाइते

२०८०, २२ श्रावण सोमबार ०९:०४

पाल्पा । गुडिरहेको जीपमाथि ढुंगा खस्दा तीनजना घाइते भएका छन् । पाल्पा-बुटवल सडकखण्डको सिद्धबाबा मन्दिर नजिक बाटो माथिबाट ढुङ्गा खसेको हो ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खसेको हो । जीपमा सवार चालकसहित ३ जना घाइते भएका हुन् । घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

केही समय अवरुद्ध भएको राजमार्गमा ढुंगा हटाएर एकतर्फी खुलाइएको छ। विभिन्न स्थाममा ढुङ्गा ढुङ्गा खसिरहने हुँदा पाल्पा बुटवल सडकको गौडेपुल देखि चिडियाखोला सम्म संबेदनसिल सडक मानिन्छ ।

Comments

ताजा खबर