कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले लिए शपथ

विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

शुक्रबार विराटनगरस्थित प्रदेश प्रमुख कार्यालयमा प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथग्रहण गराएका हुन्।

९३ प्रदेस सभासदस्य रहेको प्रदेशमा सरकारका लागि मुख्यमन्त्री थापासहित गठबन्धन दलले ४७ प्रदेश सभासदस्यको बहुमत संख्या पुराएको प्रदेश प्रमुख खापुङले जानकारी दिए।

प्रदेश कार्यालयका अनुसार मुख्यमन्त्री पदकका लागि गठबन्धनमा कांग्रेस २९,माओवादी १२, एकीकृत समाजवादी ४, जसपा १ र सभामुख बाबुराम गौतमसहित संख्या पुगेको हो।

सानो आकारको मन्त्रीमण्डल बिस्तार

मुख्यमन्त्री थापाको शपथ ग्रहणसँगै आज सानो आकारको मन्त्रीमण्डल बिस्तार समेत गरिएको छ।

शपथग्रहण गरेसँगै पहिलोचरणमा कांग्रेससहित एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन्। तर, पहिलोचरणमा  माओवादी केन्द्र भने अटेको छैन।

आज बनाइएको मन्त्रीमण्डलमा एकीकृत समाजवादीबाट पाँचथरका कमलप्रसाद जबेगु र कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार भएका छन्।

यी दुवै मन्त्री विना विभागीय मन्त्री हुन्।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago