दुई कोठा माग्दा दुर्गा प्रसाईले विद्यालय भवन नै बनाइदिए

बिर्तामोड, असार २२ । कक्षा कोठा अभाव भएपछि बिर्तामोड २ स्थित मोहनमाया माध्यमिक विद्यालयले बिएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईसंग दुईवटा कोठा बनाइदिन आग्रह गरेको थियो तर, उनले १२ कोठे विद्यालय भवन नै बनाइदिए ।

तिनै दाता प्रसाईले आफूले बनाइदिएको करिव साढे ४ करोडको विद्यालय भवन हिजो एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरेका छन् । विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले कक्षा कोठा नभएर विधार्थीहरुलाई समस्या भइरहेका बेला दाता प्रसाईले गरेको सहयोग अतुलनीय रहेको प्रशंसा गरे ।

दुई वर्ष अगाडिको कुरा संझदै उनले भने ,‘ विशेष कक्षाको लागि हामीले दुईवटा कोठाको प्रस्ताव गरेका थियौं उहाँले विद्यालयमा आएर समस्या हेर्नुभयो अनि विद्यालय भवन नै बनाइदिने वचन दिनुभयो ।’ प्रसाईले भवन बनाइदिएपछि अध्ययन अध्यापनमा सहयोग पुगेको उनले बताए । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्वाञ्चल क्यान्सर हस्पिटलका संचालकसमेत रहेका प्रसाईले सुस्त मनस्थितिका विद्यार्थीहरु पानीमा भिजेर पढ्दै गरेको देखेपछि आफूले विद्यालय भवन नै बनाइदिने अठोट गरेको सुनाए ।

उनले आफूहरुको सहयोगले अर्काको भविष्य बनियोस् भनेर दानको रुपमा नभई विद्यालय भवन बनाइदिएर कर्तव्य पूरा गरेको बताए । उनले आफ्ना स्वर्गीय पिता कृष्णप्रसाद प्रसाईको स्मृतिमा सो भवन बनाइदिएका हुन् ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago