कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले लिए शपथ

विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

शुक्रबार विराटनगरस्थित प्रदेश प्रमुख कार्यालयमा प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथग्रहण गराएका हुन्।

९३ प्रदेस सभासदस्य रहेको प्रदेशमा सरकारका लागि मुख्यमन्त्री थापासहित गठबन्धन दलले ४७ प्रदेश सभासदस्यको बहुमत संख्या पुराएको प्रदेश प्रमुख खापुङले जानकारी दिए।

प्रदेश कार्यालयका अनुसार मुख्यमन्त्री पदकका लागि गठबन्धनमा कांग्रेस २९,माओवादी १२, एकीकृत समाजवादी ४, जसपा १ र सभामुख बाबुराम गौतमसहित संख्या पुगेको हो।

सानो आकारको मन्त्रीमण्डल बिस्तार

मुख्यमन्त्री थापाको शपथ ग्रहणसँगै आज सानो आकारको मन्त्रीमण्डल बिस्तार समेत गरिएको छ।

शपथग्रहण गरेसँगै पहिलोचरणमा कांग्रेससहित एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन्। तर, पहिलोचरणमा  माओवादी केन्द्र भने अटेको छैन।

आज बनाइएको मन्त्रीमण्डलमा एकीकृत समाजवादीबाट पाँचथरका कमलप्रसाद जबेगु र कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार भएका छन्।

यी दुवै मन्त्री विना विभागीय मन्त्री हुन्।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago