दुई कोठा माग्दा दुर्गा प्रसाईले विद्यालय भवन नै बनाइदिए

बिर्तामोड, असार २२ । कक्षा कोठा अभाव भएपछि बिर्तामोड २ स्थित मोहनमाया माध्यमिक विद्यालयले बिएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईसंग दुईवटा कोठा बनाइदिन आग्रह गरेको थियो तर, उनले १२ कोठे विद्यालय भवन नै बनाइदिए ।

तिनै दाता प्रसाईले आफूले बनाइदिएको करिव साढे ४ करोडको विद्यालय भवन हिजो एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरेका छन् । विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले कक्षा कोठा नभएर विधार्थीहरुलाई समस्या भइरहेका बेला दाता प्रसाईले गरेको सहयोग अतुलनीय रहेको प्रशंसा गरे ।

दुई वर्ष अगाडिको कुरा संझदै उनले भने ,‘ विशेष कक्षाको लागि हामीले दुईवटा कोठाको प्रस्ताव गरेका थियौं उहाँले विद्यालयमा आएर समस्या हेर्नुभयो अनि विद्यालय भवन नै बनाइदिने वचन दिनुभयो ।’ प्रसाईले भवन बनाइदिएपछि अध्ययन अध्यापनमा सहयोग पुगेको उनले बताए । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्वाञ्चल क्यान्सर हस्पिटलका संचालकसमेत रहेका प्रसाईले सुस्त मनस्थितिका विद्यार्थीहरु पानीमा भिजेर पढ्दै गरेको देखेपछि आफूले विद्यालय भवन नै बनाइदिने अठोट गरेको सुनाए ।

उनले आफूहरुको सहयोगले अर्काको भविष्य बनियोस् भनेर दानको रुपमा नभई विद्यालय भवन बनाइदिएर कर्तव्य पूरा गरेको बताए । उनले आफ्ना स्वर्गीय पिता कृष्णप्रसाद प्रसाईको स्मृतिमा सो भवन बनाइदिएका हुन् ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago