टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १ हजार ३०० जनाको मृत्यु भएको छ। टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी जियोलोजिकल सर्वेका अनुसार सोमबार बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको हो।
टर्कीका राष्ट्रपति रेचप एर्दोआनका अनुसार भुकम्पमा परी टर्कीमा मात्रै ९ सयभन्दा बढीको मृत्यु भएको छ भने ५ हजारभन्दा बढी घाइते भएका छन्। अहिले उद्धार तथा राहत कार्य जारी रहेको राष्ट्रपति एर्दोआनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
भूकम्पबाट भवनहरुमा ठूलो क्षति पुगेको र कैयौँ मानिसहरु अहिले पनि भत्किएका भवनमा पुरिएको हुनसक्ने बताइएको छ।
भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ। टर्कीको राजधानी अंकारासहितका सहरहरुका साथै लेबनान, सिरिया, साइप्रससम्म पनि भूकम्पको धक्का महसुस भएको थियो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…