टर्कीमा ७.५ रेक्टर स्केलको भूकम्प ,ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

२०७९, २३ माघ सोमबार २१:१०

टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १ हजार ३०० जनाको मृत्यु भएको छ। टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी जियोलोजिकल सर्वेका अनुसार सोमबार बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको हो।

टर्कीका राष्ट्रपति रेचप एर्दोआनका अनुसार भुकम्पमा परी टर्कीमा मात्रै ९ सयभन्दा बढीको मृत्यु भएको छ भने ५ हजारभन्दा बढी घाइते भएका छन्। अहिले उद्धार तथा राहत कार्य जारी रहेको राष्ट्रपति एर्दोआनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पबाट भवनहरुमा ठूलो क्षति पुगेको र कैयौँ मानिसहरु अहिले पनि भत्किएका भवनमा पुरिएको हुनसक्ने बताइएको छ।

भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ। टर्कीको राजधानी अंकारासहितका सहरहरुका साथै लेबनान, सिरिया, साइप्रससम्म पनि भूकम्पको धक्का महसुस भएको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु