५० औं विश्व वातावरण दिवसमा पाउ पाथिभारा माता चारआलीमा सरसफाई कार्यक्रम

बिर्तामोड- ५० औं विश्व वातावरण दिवसको अवसर पारेर पाउ पाथिभारा माता चारआली लाई सुन्दर,सफा, स्वच्छ, हरियाली र प्लाष्टिकमुक्त क्षेत्र बनाउन प्रथम बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड ४ को आह्वानमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

पाउ पाथिभारा माता चारआली मन्दिर प्राङ्गण वरिपरिको सरसफाई प्रथम बहुउद्देश्यीय सहकारी संस्थाका कर्मचारीले गरेका थिए ।सरसफाई कार्यक्रममा पाउ पाथिभारा माता चारआली धामका अध्यक्ष तिलक गिरी ,सचिव यम बराल ,कार्यसमिती सदस्य तथा पाथीभरा पर्यटन प्रवर्द्धन समिति सदस्य देवीभक्त श्रेष्ठ , युवा व्यवसायी तथा प्रथम बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य यज्ञ चुडालको  उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा पाथिभारा माता चारआली लाई तीनवटा डस्टबिन, कुचो, माक्स , पन्जा, लगायत सरसफाइका सामग्रीहरु पाउ पाथिभारा माता मन्दिर समितिलाई हस्तान्तरण गरिएको थियो 

संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।

नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । 

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago