बिर्तामोडमा सबै नगरवासीलाई विरुवा रोप्न नगर प्रमुख प्रसाईको आग्रह

बिर्तामोड । विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताउनु भयो । स्वच्छ वातावरण र वातावरण हराबरा बनाउनका लागि विरुवा रोप्न आवश्यक रहेको भन्दै उहाँले नगरवासी सबैले जतिसक्दो धेरै विरुवा रोप्न आग्रह गर्नु भयो । घर,सडकको दायाँ बायाँ, विद्यालय वरीपरी रुख रोपेर स्वच्छ वातावरणमैत्री हरितनगर निर्माणको लागि सबै एकजुट भएर लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो।

विश्व वातावरण दिवसको अवसरमा बिर्तामोड नगरपालिका र ३ नम्बर वडा कार्यालयको सहकार्यमा प्रथम बहुउदेश्यीय सहकारी संस्थाले बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो। विद्यालय अगाडि १० वटा सिरिसको बिरुवा रोपिएको हो ।  नगर प्रमुख प्रसाईले विरुवा रोपेर कार्यक्रमको उद्घाटन भएको थियो । नगर प्रमुखले आज सुरुवातमात्रै गरेको बताउँदै उहाँले पानी परेर वातावरण सहज भएपछि वृक्षरोपण कार्यलाई अघि बढाउने नगर प्रमुख प्रसाईले जानकारी दिनु भयो ।

वृक्षरोपण कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा ,नेकपा एमाले बिर्तामोड नगर कमिटि अध्यक्ष सुवास भट्टराई, बिद्यालयका प्रधानाध्यापक खड्ग प्रसाद खरेल, आयोजक संस्थाका अध्यक्ष टीकाराम पाण्डे ,कार्यालय प्रमुख देवेन्द्र रणपहेलि नेपाली, लगायत जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, सहकारी अभियन्ता, नेपाल प्रहरी, नगर प्रहरी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन अर्जुन चम्लागाँईले गरेका थिए । आजबाट बृक्षरोपण कार्यक्रमको शुरुवात गरिएको र अब नियमित रुपमा बिरुवा रोप्दै जाने कार्यक्रम संयोजक संजय पौड्यालले बताए ।

प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago