कोकोरो इण्टरटेनमेण्टको स्थापना

जापान । जापानमा रहेका विशेषगरी नेपालीहरू माझ विभिन्न मनोरन्जनात्मक, सांगीतिक, साँस्कृतिक तथा सामाजिक कार्यक्रमहरू गर्ने उद्देश्यका साथ कोकोरो इण्टरटेनमेण्टको स्थापना गरिएको छ ।

खानागावा केनको हिगासी कानागावास्थित कानाक हलमा नेपाली चलचित्र छक्का पन्जा-४ को सफलता साथ प्रदर्शन गर्दै बिहीबार कोकोरोको औपचारिक उद्घाटनपनि गरिएको छ । जापानमा कर्मसंगै परदेशी गायकका रूपमा पहिचान बनाएका पछिल्लो समयका लोकप्रिय तथा चर्चित गायक सूर्य खड्काले सो संस्थाको उद्घाटन गरेका थिए । जापानमा संगीतकर्मबाट अलग्गै पहिचान बनाएका अमित सापकोटा, खेमराज पौडेलसंगै युवा व्यवसायी प्रेमप्रसाद कँडेलले कोकोरोको स्थापना गरेका हुन् ।

सो उद्घाटन कार्यक्रममा समाजसेवी प्रकाश पौडेल, हरि सापकोटा , यम कँडेल. मनिष अमात्य, नारायण कँडेललगायत उल्लेखनीयरूपमा नेपाली समुदायको उपस्थिति रहेको थियो । “हामीले उद्घाटनका अवसरमा आयोजना गरेको नेपाली चलचित्र छक्का पन्जा-४ को विशेष प्रदर्शनमा “हाउसफूल” हुनेगरी आम नेपाली समुदायबाट पाएको साथ र सहयोगले हामी उत्साहित भएका छौं”,कोकोरो इण्टरटेनमेण्टका तर्फबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ,”आउने दिनहरूमा पनि हामी आम नेपाली समुदायसहित जापानमा रहेका सबैका माझ विशिष्ट अनि उत्कृष्ट कार्यक्रमहरू ल्याउन प्रयासरत रही रहने छौं ।”

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago