कोकोरो इण्टरटेनमेण्टको स्थापना

२०८०, २२ बैशाख शुक्रबार १३:४३
Gorkhalivoice.com

जापान । जापानमा रहेका विशेषगरी नेपालीहरू माझ विभिन्न मनोरन्जनात्मक, सांगीतिक, साँस्कृतिक तथा सामाजिक कार्यक्रमहरू गर्ने उद्देश्यका साथ कोकोरो इण्टरटेनमेण्टको स्थापना गरिएको छ ।

Gorkhalivoice.com

खानागावा केनको हिगासी कानागावास्थित कानाक हलमा नेपाली चलचित्र छक्का पन्जा-४ को सफलता साथ प्रदर्शन गर्दै बिहीबार कोकोरोको औपचारिक उद्घाटनपनि गरिएको छ । जापानमा कर्मसंगै परदेशी गायकका रूपमा पहिचान बनाएका पछिल्लो समयका लोकप्रिय तथा चर्चित गायक सूर्य खड्काले सो संस्थाको उद्घाटन गरेका थिए । जापानमा संगीतकर्मबाट अलग्गै पहिचान बनाएका अमित सापकोटा, खेमराज पौडेलसंगै युवा व्यवसायी प्रेमप्रसाद कँडेलले कोकोरोको स्थापना गरेका हुन् ।

सो उद्घाटन कार्यक्रममा समाजसेवी प्रकाश पौडेल, हरि सापकोटा , यम कँडेल. मनिष अमात्य, नारायण कँडेललगायत उल्लेखनीयरूपमा नेपाली समुदायको उपस्थिति रहेको थियो । “हामीले उद्घाटनका अवसरमा आयोजना गरेको नेपाली चलचित्र छक्का पन्जा-४ को विशेष प्रदर्शनमा “हाउसफूल” हुनेगरी आम नेपाली समुदायबाट पाएको साथ र सहयोगले हामी उत्साहित भएका छौं”,कोकोरो इण्टरटेनमेण्टका तर्फबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ,”आउने दिनहरूमा पनि हामी आम नेपाली समुदायसहित जापानमा रहेका सबैका माझ विशिष्ट अनि उत्कृष्ट कार्यक्रमहरू ल्याउन प्रयासरत रही रहने छौं ।”

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु