सुख्खा पहिरोले राजमार्ग अबरुद्ध

२०८०, २२ बैशाख शुक्रबार ०८:०२

भबिन्द्र गौतम, पाल्पा ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक्को तिनाउ गाउँपालिका–५ कालीमाटीमा ​पहिरो खसेपछि सिद्धार्थ राजमार्ग शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ। सडक माथिबाट सुख्खा पहिरो खसेपछी राती बाट सडकमा सवारीसाधनको लाम लागेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार ​सडक सङ्ग समन्वय गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

सिद्धार्थ राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन्। राजमार्ग रातिमा बन्द हुने गर्छ । राती १० बजेबाट रोकिएका यात्रु गन्तब्य सम्म पुग्न सकेका छैनन ।

Comments

ताजा खबर