यस बर्षकै सर्वाधिक सफल चलचित्र महापुरुष जापानमा प्रदर्शन हुने

टोकियो, जापान । यस बर्षकै सर्वाधिक सफल चलचित्रको रुपमा नेपाली चलचित्र उद्योगमा किर्तिमान बनाउन सफल महापुरुष चलचित्र जापानमा प्रदर्शन हुने भएको छ । नेपाली हांस्य कलाकारिताका सर्वाधिक लोकप्रिय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायत कलाकारहरुको अभियन रहेको चलचित्र राजधानी टोकियोको नाकानो जेरो हलमा जनवरी ७ तारिख शनिवार प्रदर्शन हुने भएको हो ।

चलचित्रलाई पर्वत समाज जापानले प्रदर्शन गर्न लागेको अध्यक्ष सुभास लामिछानेले जानकारी दिनुभयो । चलचित्र नाकानो जेरोहलमा जनवरी ७ तारिख शनिवार दिउँसो ३ र साँझ ६ बजे गरेर दुई शो हुने भएको छ । टिकट दर ३,००० जापानी येन तोकिएको छ । पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा माया, घृणा, संवेदना, रोमान्स र विद्रोहका अनेक आयामलाई समावेस गरिएको छ । श्रीमती गुमाएको पुरुष पात्र छोराको बिहेको तयारीमा जुट्नुपर्ने बेला बुढेसकालमा आफ्नै विवाह गर्न लागेपछि पारिवारमा आउने उतारचढाव नै चलचित्रको मुख्य कथाबस्तु बनेको छ ।

चलचित्रमा महजोडीसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायत कलाकारको अभिनय रहेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महापुरुष’ ले नेपालमा ५१ दिन लामो प्रदर्शनको किर्तिमानी बनाएको छ । यस चलचित्रका निर्माता दिपेश खत्री हुन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago