यस बर्षकै सर्वाधिक सफल चलचित्र महापुरुष जापानमा प्रदर्शन हुने

२०७९, २१ पुष बिहीबार १०:५४

टोकियो, जापान । यस बर्षकै सर्वाधिक सफल चलचित्रको रुपमा नेपाली चलचित्र उद्योगमा किर्तिमान बनाउन सफल महापुरुष चलचित्र जापानमा प्रदर्शन हुने भएको छ । नेपाली हांस्य कलाकारिताका सर्वाधिक लोकप्रिय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायत कलाकारहरुको अभियन रहेको चलचित्र राजधानी टोकियोको नाकानो जेरो हलमा जनवरी ७ तारिख शनिवार प्रदर्शन हुने भएको हो ।

चलचित्रलाई पर्वत समाज जापानले प्रदर्शन गर्न लागेको अध्यक्ष सुभास लामिछानेले जानकारी दिनुभयो । चलचित्र नाकानो जेरोहलमा जनवरी ७ तारिख शनिवार दिउँसो ३ र साँझ ६ बजे गरेर दुई शो हुने भएको छ । टिकट दर ३,००० जापानी येन तोकिएको छ । पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा माया, घृणा, संवेदना, रोमान्स र विद्रोहका अनेक आयामलाई समावेस गरिएको छ । श्रीमती गुमाएको पुरुष पात्र छोराको बिहेको तयारीमा जुट्नुपर्ने बेला बुढेसकालमा आफ्नै विवाह गर्न लागेपछि पारिवारमा आउने उतारचढाव नै चलचित्रको मुख्य कथाबस्तु बनेको छ ।

चलचित्रमा महजोडीसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायत कलाकारको अभिनय रहेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महापुरुष’ ले नेपालमा ५१ दिन लामो प्रदर्शनको किर्तिमानी बनाएको छ । यस चलचित्रका निर्माता दिपेश खत्री हुन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु