अनिता गुरुङले एसिया प्यासिफिक महिला संयोजकमा उम्मेदवारी दिने

 

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन्।

काठमाडौँमा अक्टोबर १७ देखि ११औं अन्तराष्ट्रिय महाधिवेसन हुँदै गर्दा एसिया प्यासिफिक महिला संयोजकमा सहयोग गर्न एनआरएनए अभियन्ताहरूलाई गुरुङले अपिल गरेकी छन्।

उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताइन्।

लामो समयदेखि जापानलाई  कर्मभूमि  बनाउँदै आएकी अनिताले समाजसेवामा सधैँ अग्रपंक्तिमा  छिन्। जापानमा मात्र होइन, उनले नेपालमा समेत आपतविपत परेको बेला राहतका कार्यक्रमहरु संचालन गदै आएकी छन्। 

एनआरएनए भित्र एक क्षमतावान नेत्रीको रुपमा हेरिने अनितालाई एनआरएएन अभियन्ताहरुले निर्वाचनमा उठ्न सुझाव दिएपछि उनी अघि बढेकी हुन्।

उनका एजेन्डा:

१ संस्थाको शुद्धीकरण भावनात्मक एकता: NRNA मा महिला सहभागिता 

२ परदेशी भूमिमा हुर्किदै गरेका NRNA बालबालिकाहरुलाई नेपाली भाषा, कला संस्कृति र भेषभूषा सिक्ने र सिकाउन ।

३ परदेशी भूमिमा रहेका नेपाली महिलाहरुको समृद्धि र सचेतनाको उजागर गर्न।

४ विदेशमा बस्ने नेपालीहरुलाई एनआरएनए सुखदुखको अभिभावकीय संस्था हो भन्ने अनुभुति गराउने, जुनसुकै कारणले विदेशीएका नेपालीहरुलाई “एनआरएनए मेरो लागि भरपर्दो साथी” को अवधारणा ल्याउने ।

५ नेपाली महिलाहरुले परदेशमा सिकेका ज्ञानसीपहरु घरदेशमा रहेका महिला दिदिबहिनीहरुबीच समन्वय गरि जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने । महिलाहरुको समस्या पहिचान र समाधान, महिला नेतृत्वकै आवश्यकता र प्रावधान ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago