अनिता गुरुङले एसिया प्यासिफिक महिला संयोजकमा उम्मेदवारी दिने

 

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन्।

काठमाडौँमा अक्टोबर १७ देखि ११औं अन्तराष्ट्रिय महाधिवेसन हुँदै गर्दा एसिया प्यासिफिक महिला संयोजकमा सहयोग गर्न एनआरएनए अभियन्ताहरूलाई गुरुङले अपिल गरेकी छन्।

उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताइन्।

लामो समयदेखि जापानलाई  कर्मभूमि  बनाउँदै आएकी अनिताले समाजसेवामा सधैँ अग्रपंक्तिमा  छिन्। जापानमा मात्र होइन, उनले नेपालमा समेत आपतविपत परेको बेला राहतका कार्यक्रमहरु संचालन गदै आएकी छन्। 

एनआरएनए भित्र एक क्षमतावान नेत्रीको रुपमा हेरिने अनितालाई एनआरएएन अभियन्ताहरुले निर्वाचनमा उठ्न सुझाव दिएपछि उनी अघि बढेकी हुन्।

उनका एजेन्डा:

१ संस्थाको शुद्धीकरण भावनात्मक एकता: NRNA मा महिला सहभागिता 

२ परदेशी भूमिमा हुर्किदै गरेका NRNA बालबालिकाहरुलाई नेपाली भाषा, कला संस्कृति र भेषभूषा सिक्ने र सिकाउन ।

३ परदेशी भूमिमा रहेका नेपाली महिलाहरुको समृद्धि र सचेतनाको उजागर गर्न।

४ विदेशमा बस्ने नेपालीहरुलाई एनआरएनए सुखदुखको अभिभावकीय संस्था हो भन्ने अनुभुति गराउने, जुनसुकै कारणले विदेशीएका नेपालीहरुलाई “एनआरएनए मेरो लागि भरपर्दो साथी” को अवधारणा ल्याउने ।

५ नेपाली महिलाहरुले परदेशमा सिकेका ज्ञानसीपहरु घरदेशमा रहेका महिला दिदिबहिनीहरुबीच समन्वय गरि जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने । महिलाहरुको समस्या पहिचान र समाधान, महिला नेतृत्वकै आवश्यकता र प्रावधान ।

 

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago