ललितपुर महानगरतामा ज्येष्ठ नागरिकको घरघरमै आँखा उपचार

काठमाडौँ- नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिका बीच महानगरका सम्पूर्ण जेष्ठ नागरिक र अपांगता भएका नागरिकहरूको निशुल्क आँखा उपचार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

 सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरूबीच ‘जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूसँग महानगरपालिका कार्यक्रम’ सञ्चालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र र महानगरिपालिकाका तर्फबाट महानगर प्रमुख चिरिबाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले शारिरिक असक्तता र विभिन्न बाध्यताले अस्पतालसम्म पुग्ने नसकेका जेष्ठ नागरिक र अपांगता भएका नागरिकहरूलाई घरघरमै गएर उपचार गर्ने योजनामा साथ दिएको नेत्रज्योति संघलाई धन्यबाद दिँदै यो सहकार्य दीर्घकालसम्म चलिरहने बताए।

महानगरपालिकाले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा नगरभित्रका जेष्ठ नागरिक र अपांगता भएका नागरिकहरुको घरघरमै गएर विभिन्न समस्याहरूको परीक्षण गर्नेछ।

महानगरको उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघले आँखा जाँच तथा उपचारमा महानगरलाई प्राविधिक सहयोग गर्ने बताउँछन् संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरूमार्फत् नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago