नगर बस सेवाः विराटनगर महानगरले गर्‍यो रुट परीक्षण

मोरङ – नगर बस सेवाको अवधारणाअनुसार विराटनगर महानगरले पहिलो चरणमा रुट परीक्षण गरेको छ। बिहीबार महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीको अगुवाइमा रुट परीक्षणको कार्य गरिएको छ। उपमेयर निरालाले महानगरको सडक, घुमाउँदा र मोड, बस क्षमताका विषयमा जानकारी लिन रुट परीक्षण गरिएको जानकारी दिइन्।

यस क्रममा पहिलो चरणको परीक्षणमा दुई वटा बस प्रयोग गरिएको उपमेयर निरालाले जानकारी दिइन्। महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ। लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइलाराले जानकारी दिए।

परीक्षणमा सडक, आवश्यक बसको क्षमताबारे प्रस्ट भएपछि दुईदेखि तीन महिनाभित्र नगर बस सेवा सञ्चालनमा आउने उनले बताए। उनका अनुसार महानगरले सञ्चालनमा ल्याउने नगर बससेवामा ज्येष्ठ नागरिक र अपांगताले निःशुल्क आवागमन गर्न पाउनेछन्। त्यसैगरी, महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने उनको भनाइ छ।

महानगरले मिलन चोक, महानगर प्रवेशद्वार ढाट, केशलियालगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ। यस क्रममा प्रारम्भिक चरणमा १९ वटा नगरक बस सञ्चालनको तयारी महानगरले गरेको छ।

निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालन प्रक्रिया अन्तिम चरणम पुगेको छ। नगर बस सञ्चालनका लागि मेयर नागेश कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई खरिद प्रक्रियासमेत अगाडि बढेको छ।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago