सभामुख घिमिरेलाई ‘सभामुख निवास’मै राख्ने

काठमाडौँ – सरकारले सभामुख देवराज घिमिरेलाई बालुवाटारस्थित सभामुख निवासमै राख्ने निर्णय गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले परम्पराअनुसार सभामुखलाई उनकै निवासमा वासस्थानको व्यवस्था गर्ने निर्णय गरेको हो। राज्यले सभामुखका लागि दिएको बालुवाटारस्थित ‘सभामुख निवास’मा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना बसेपछि नवनिर्वाचित सभामुख घिमिरे आफन्तको घरमा बस्दै आएका छन्।

तिमिल्सिनालाई उक्त निवास छाडेर सरकारले नै व्यवस्थापन गर्ने अर्को ठाउँमा सर्न सहरी विकास मन्त्रालयले आग्रह गरे पनि उनले आफ्नो कार्यकाल एक वर्ष मात्रै बाँकी रहेकाले त्यो अवधि त्यहीँ बस्ने बताएका थिए।

एक मन्त्रीका अनुसार सरकारले अध्यक्ष तिमिल्सिनाका लागि बालुवाटारमै रहेको मुख्यसचिव निवासमा सार्ने निर्णय लिएको छ। सभामुख निवासमा आउनुअघि उनी त्यही मुख्यसचिवको निवासमै बसेका थिए। तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि फौजदारी अभियोग लागेर राजीनामा दिएपछि खाली भएको मौकामा तिमिल्सिना सभामुखको निवासमा सरेका हुन्।

महरापछि सभामुख भएका अग्नि सापकोटा आफ्नो निवास खाली नभएपछि लैनचौरस्थित सरकारी निवासमा बसेर आफ्नो कार्यकाल पूरा गरेका थिए।

उक्त भवनमा सभामुख घिमिरे जान अस्वीकार गरेपछि उनका लागि वासस्थानको व्यवस्थापन गर्न सहरी विकास मन्त्रालय र संसद सचिवालयलाई सकस परेको छ। सरकारले सरकारी निवासको व्यवस्था गर्न नसकेपछि सभामुख घिमिरे भक्तपुरको लोकन्थलीपस्थित आफन्तको घरमा आश्रय लिइरहेका छन्।

सरकारले उपसभामुखमा इन्दिरा रानामगर र राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याललाई पनि निवासको व्यवस्था गरेको छैन।

बालुवाटारको सभामुख निवाससँग सभामुखको राजनीतिक र ऐतिहासिक पक्ष जोडिएको छ। राजतन्त्रकालमा राजपरिषद् स्थायी समितिको सभापतिको निवासको रुपमा रहेको उक्त ठाउँलाई २०६३ जेठ ४ गते मन्त्रिपरिषद्को निर्णयअनुसार पुनः प्रतिनिधिसभाले सभामुख निवासको रुपमा रहने घोषणा गरेको थियो।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago