नगर बस सेवाः विराटनगर महानगरले गर्‍यो रुट परीक्षण

मोरङ – नगर बस सेवाको अवधारणाअनुसार विराटनगर महानगरले पहिलो चरणमा रुट परीक्षण गरेको छ। बिहीबार महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीको अगुवाइमा रुट परीक्षणको कार्य गरिएको छ। उपमेयर निरालाले महानगरको सडक, घुमाउँदा र मोड, बस क्षमताका विषयमा जानकारी लिन रुट परीक्षण गरिएको जानकारी दिइन्।

यस क्रममा पहिलो चरणको परीक्षणमा दुई वटा बस प्रयोग गरिएको उपमेयर निरालाले जानकारी दिइन्। महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ। लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइलाराले जानकारी दिए।

परीक्षणमा सडक, आवश्यक बसको क्षमताबारे प्रस्ट भएपछि दुईदेखि तीन महिनाभित्र नगर बस सेवा सञ्चालनमा आउने उनले बताए। उनका अनुसार महानगरले सञ्चालनमा ल्याउने नगर बससेवामा ज्येष्ठ नागरिक र अपांगताले निःशुल्क आवागमन गर्न पाउनेछन्। त्यसैगरी, महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने उनको भनाइ छ।

महानगरले मिलन चोक, महानगर प्रवेशद्वार ढाट, केशलियालगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ। यस क्रममा प्रारम्भिक चरणमा १९ वटा नगरक बस सञ्चालनको तयारी महानगरले गरेको छ।

निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालन प्रक्रिया अन्तिम चरणम पुगेको छ। नगर बस सञ्चालनका लागि मेयर नागेश कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई खरिद प्रक्रियासमेत अगाडि बढेको छ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago