सभामुख घिमिरेलाई ‘सभामुख निवास’मै राख्ने

काठमाडौँ – सरकारले सभामुख देवराज घिमिरेलाई बालुवाटारस्थित सभामुख निवासमै राख्ने निर्णय गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले परम्पराअनुसार सभामुखलाई उनकै निवासमा वासस्थानको व्यवस्था गर्ने निर्णय गरेको हो। राज्यले सभामुखका लागि दिएको बालुवाटारस्थित ‘सभामुख निवास’मा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना बसेपछि नवनिर्वाचित सभामुख घिमिरे आफन्तको घरमा बस्दै आएका छन्।

तिमिल्सिनालाई उक्त निवास छाडेर सरकारले नै व्यवस्थापन गर्ने अर्को ठाउँमा सर्न सहरी विकास मन्त्रालयले आग्रह गरे पनि उनले आफ्नो कार्यकाल एक वर्ष मात्रै बाँकी रहेकाले त्यो अवधि त्यहीँ बस्ने बताएका थिए।

एक मन्त्रीका अनुसार सरकारले अध्यक्ष तिमिल्सिनाका लागि बालुवाटारमै रहेको मुख्यसचिव निवासमा सार्ने निर्णय लिएको छ। सभामुख निवासमा आउनुअघि उनी त्यही मुख्यसचिवको निवासमै बसेका थिए। तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि फौजदारी अभियोग लागेर राजीनामा दिएपछि खाली भएको मौकामा तिमिल्सिना सभामुखको निवासमा सरेका हुन्।

महरापछि सभामुख भएका अग्नि सापकोटा आफ्नो निवास खाली नभएपछि लैनचौरस्थित सरकारी निवासमा बसेर आफ्नो कार्यकाल पूरा गरेका थिए।

उक्त भवनमा सभामुख घिमिरे जान अस्वीकार गरेपछि उनका लागि वासस्थानको व्यवस्थापन गर्न सहरी विकास मन्त्रालय र संसद सचिवालयलाई सकस परेको छ। सरकारले सरकारी निवासको व्यवस्था गर्न नसकेपछि सभामुख घिमिरे भक्तपुरको लोकन्थलीपस्थित आफन्तको घरमा आश्रय लिइरहेका छन्।

सरकारले उपसभामुखमा इन्दिरा रानामगर र राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याललाई पनि निवासको व्यवस्था गरेको छैन।

बालुवाटारको सभामुख निवाससँग सभामुखको राजनीतिक र ऐतिहासिक पक्ष जोडिएको छ। राजतन्त्रकालमा राजपरिषद् स्थायी समितिको सभापतिको निवासको रुपमा रहेको उक्त ठाउँलाई २०६३ जेठ ४ गते मन्त्रिपरिषद्को निर्णयअनुसार पुनः प्रतिनिधिसभाले सभामुख निवासको रुपमा रहने घोषणा गरेको थियो।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago