बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव सम्पन्न

झापा। विभिन्न व्यक्तिलाई सम्मान गर्दै झापाको बिर्तामोडमा सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव सम्पन्न भएको छ ।

गत फागुन ५ गतेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा राजनीतिक व्यक्तित्वहरु डिल्लीप्रसाद सिटौला र मनकुमार गौतम, रेडक्रसकर्मी लोकराज ढकाल, महिला उद्यमी भीमा शिवाकोटी, संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाल, व्यवसायीहरु भगवानदास सिंगल, हनुमान मित्तल, देवेन्द्रकुमार सिंह , प्रकाश गौतम, बीरबहादुर धमलालाई सम्मान गरिएको हो ।

त्यस्तै पत्रकार लक्ष्मी लुइँटेल, सेफराज पौडेललाई समेत सम्मान गरिएको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
सम्मानित व्यक्तित्वको परिचय र सम्मानपत्र वाचन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।
संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकले आर्थिक संकट खेपिरहेको अवस्थामा आर्थिक स्थिरताको खोजी जरूरी रहेको बताए । उनले दलहरूबीच असहमति भएपनि आर्थिक धरातल बलियो बनाउन एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।
आर्थिक संकटले क्रमिक रूपमा सबैलाई छुने बताउँदै महामन्त्री शर्माले राजनीतिक स्थिरताको अपेक्षा गरिएको भएपनि मुलुक अस्थिरतातर्फ धकेलिने हो कि भन्ने संशय उत्पन्न भइरहेको बताए ।

आर्थिक स्थिरताको खोजी नै मुख्य मुद्दा हुनुपर्ने बताएका शर्माले व्यवसायीको मनोभावलाई उठाउने कुरामा आफू गम्भीर बनेको बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्ब अध्यक्ष चण्डिराज ढकालले दिनदिनै उद्योग बन्द भइरहेको अवस्थामा निजी क्षेत्रको प्रवद्र्धनका लागि समन्वयात्मक ढंगबाट काम गर्न आग्रह गरेका छन् ।

महोत्सव समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, नेपाली कांग्रेसका सभापति देउकुमार थेवे, झापा उद्योग संघका अध्यक्ष याम श्रेष्ठ, वुधवारे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रुद्र श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुनकुमार मैनाली र सञ्चारकर्मी लीला अनमोलले संयुक्त रुपमा गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago