तपाईं बुढेसकालको उमेरमा पनि तन्नेरीजस्तै तन्दुरुस्त देखिन चाहनुहुन्छ र लामो समयसम्म बाँच्न चाहनुहुन्छ  भने त्यस्तो ठाउँमा बसोबास गर्नुहोस् जहाँ चारैतर्फ हरियाली हुन्छ ।

वैज्ञानिकहरुका अनुसार हराभरा दृश्य केवल आँखालाई मात्र राम्रो लाग्ने होइन, मानिसको उमेरसँग पनि यसको सिधा सम्बन्ध छ । एक नयाँ शोध अनुसार हरियाली क्षेत्रमा बसोबास गर्नाले हाम्रो जैविक उमेरलाई क मगर्दछ । जसका कारण मानिसको आयु साढे २ वर्षसम्म बढ्दछ ।

मानिसको आयुलाई कसरी बढाउने ? यस विषयमा वैज्ञानिकहरुले लगातार अनुसन्धान गरिरहेका छन् । कतिपय वैज्ञानिकहरु मानिसलाई अमरता अर्थात् कहिल्यै पनि नमर्ने अवस्थामा समेत पुर्‍याउन सकिने दाबी गर्दछन् ।

मानिसको अमरताको शुत्र त अहिलेसम्म फेला परेको छैन तर लामो आयु प्राप्त गर्ने एउटा सजिलो र निकै सुन्दर तरिका शोधकर्ताहरुले पत्ता लगाएका छन् ।

अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययनले हराभरा क्षेत्रमा बस्ने मानिसहरुमा विभिन्न जैविक तथा अणुगत परिवर्तन आउने र त्यसले मानिसको जैविक उमेर घट्ने देखाएको छ । यसबाट क्रोनोलोजिकल अर्थात् वास्तविक उमेर लामो हुन्छ । साइन्स एडभान्सेज पत्रिकामा उक्त शोध प्रकाशित भएको छ ।

कुनै पनि मानिसको खानपान र जीवनशैली कस्तो छ भन्ने कुराले उसको जैविक उमेर तय गर्दछ । सोही मूताविक मानिसको जैविक उमेर कम वा धेरै हुनसक्छ । यदि मानिसको जैविक उमेर उसको समयगत अर्थात् क्रोनोलोजिकल उमेरभन्दा धेरै भयो भने ऊ छिटो बुढो हुन्छ । बुढ्यौलीमा हुने धेरै रोगब्याधीहरुले उसलाई घेर्दछन् र मृत्यु पनि छिटो हुन्छ । यहाँ क्रोनोलोजिकल उमेरको सम्बन्ध वास्तविक आयुसँग हुन्छ ।

विज्ञहरुका अनुसार जैविक उमेर यदि वास्तविक उमेरभन्दा कम भयो भने यस्तो मानिस अन्य समवयी व्यक्तिको तुलनामा लामो उमेरसम्म पनि युवा देखिन्छ । पहिले यस्तो उमेरलाई घटाउनका लागि हरियो खानेकुराहरु खाने र व्यायाम गर्नुपर्छ भनिन्थ्यो । तर हरियोपरियो चिजबिज खाएर मात्र होयन हराभरा ठाउँमा बस्दा पनि मानिसको आयु लम्बिने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।

उक्त शोधका लागि अमेरिकाका ४ वटा सहरलाई छानिएको थियो जसलाई दुई भागमा विभाजन गरिएको थियो । त्यसमध्ये एउटा हराभरा ठाउँमा बस्ने मानिसहरु र दोस्रो कंक्रिटका संरचनाले भरिएका ठाउँमा बस्ने मानिसहरुलाई लिइएको थियो । झण्डै ९ सय मानिसहरुमा २ दशकसम्म सो अध्ययन गरिएकेा थियो । शोधकर्ताहरुले हराभरा ठाउँमा लामो समयसम्म बस्नाले मानिसको स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने कुरा जान्न चाहेका थिए ।

शोधकर्ताहरुले ती मानिसहरुको डिएनए जाँच गर्दा एउटा रसायनमा परिवर्तन भएको पाए । उक्त रसायनिक परिवर्तनलाई मिथाइलेसन भनिन्छ । यो प्रक्रिया उसो त डिएनएमा भैरहेको हुन्छ तर उमेर बढ्दै जाँदा यसमा परिवर्तन देखिन्छ । यसलाई एपिजेनेटिक क्लक पनि भनिन्छ । यो घडीले हामी जवानै रहेको वा बुढो भएको भनेर बताइदिन्छ ।

शोधकर्ताका अनुसार जो मानिसहरु हरियालीयुक्त ठाउँमा जतिधेरै बस्छन् उनीहरुमा एपिजेनेटिक घडी उति नै धेरै सुस्त गतिले चल्ने गरेको पाइएको छ ।

जो मानिसको घरको ५ किलोटिमरको दूरीको वृत्तभित्र ३० प्रतिशत सम्म हरियाली थियो उनीहरु २० प्रतिशत हरियाली भएका मानिसहरुको तुलनामा साढे २ वर्ष कम उमेरका देखिन्थे ।

यो वर्षको सुरुवातमा फिनल्याण्डमा पनि यस्तै खालको अध्ययन गरिएको थियो । फिनिस इन्स्टिच्यूट अफ हेल्थ एण्ड वेलफेयरले गरेको अध्ययनबाट के देखाएको थियो पार्कमा घुमफिर गर्ने मानिसहरुमा उच्च रक्तचाप तथा दम जस्ता रोगहरुमाथिको निर्भरता निकै कम हुन्छ ।

साथै डिप्रेसनका विरामीहरु समेत दैनिक पार्कमा घुमफिर गर्न गएमा औषधिको डोज ३३ प्रतिशत सम्म घट्ने अध्ययनले देखाएको थियो ।

यसअघि कम तापक्रमलाई समेत लामो आयुसँग जोडिएको थियो । जर्मन युनिभर्सिटी अफ कोलोजनका शोधकर्ताहरुका अनुसार न्यून तापक्रम मानिसको लामो आयुको एउटा कारण हो ।

शोधकर्ताका अनुसार चिसो क्षेत्रमा बस्ने मानिसहरुमा उमेरसँगै देखापर्ने अल्जाइमर्स तथा डिमेन्सिया जस्ता समस्याहरुको जोखिम कम हुन्छ । साथै चिसो क्षेत्रमा बस्ने मानिसहरुको औसत आयु पनि गर्मी क्षेत्रमा बस्ने मानिसको तुलनामा बढी हुने गरेको पाइएको छ ।

एजेन्सीको सहयोगमा

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago