साना किसान खुदुनावारीलाई उत्कृष्ट व्यवसाय पुरस्कार

झापा । अर्जुनधारा नगरपालिका–३, खुदुनावारीस्थित साना किसान कृषि सहकारी संस्थाले कोशी प्रदेशस्तरीय उष्कृष्ट सहकारी व्यवसाय पुरस्कार पाएको छ ।

१०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाण्डौंमा आयोजित विशेष समारोहमा संस्थालाई नगद २५ हजारसहित प्रमाणपत्रले सम्मान गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार यस पटक आफ्नो संस्थाले पाएको साना किसान कृषि सहकारी संस्था अर्जुनधाराका अध्यक्ष कृष्णप्रसाद दंगालले जानकारी दिए ।

उनका अनुसार महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभामुख देवराज घिमिरेले २०७९ सालमा देशका ७ वटै प्रदेशका उत्कृष्ट सहकारी संघ÷संस्था र व्यक्तिलाई नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरेका थिए ।

पुरस्कार वितरण समारोहमा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दंगाल, उपाध्यक्ष नन्दलाल खनाल, लेखा संयोजक विष्णुलाल ढकाल, मुख्य प्रबन्धक गोपिकृष्ण लुइटेल, संचालक सदस्य गोविन्द घिमिरे, दिनेश घिमिरे, विन्दा पाण्डे, डम्बरकुमारी अधिकारीको उपस्थिति रहेको थियो ।

सो सहकारी सामाजिक क्षेत्रमा क्रियाशील अर्जुनधाराको सबैभन्दा पुरानो सहकारी संस्था हो । किसानको हकहितमा आधारित रहँदै समुदायमा समर्पित यस संस्था नेपालको उत्कृष्ट सहकारीमा पर्दछ ।

संस्था यसअघि जिल्लाका विभिन्न विधामा पुरस्कृत भैसकेको जनाइएको छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago