पाल्पा । समस्या नै समस्या रहेकाे पाल्पा अस्पतालमा केही सुधारकाे प्रयास सूरु गरीएकाे छ । जनताको अन्तिम भरोसाको केन्द्र स्वास्थ्य संस्था भएकोले उपचारका लागि पाल्पा अस्पताल आउने विरामीलाई सकेसम्म अन्यन्त्र उपचारका लागि जान नपर्ने गरी सेवा उपलब्ध गराउने योजना सहित नयाँ अस्पताल विकास समिति अगाडि बढेको छ । पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले अस्पतालको अहिलेको अवस्थाको अध्ययन गरेर तत्काल सुधार गर्नुपर्ने र क्रमशः सेवा सुधारका लागि आवश्यक कामका लागि चरणबद्ध योजना तयार गरेर काम सुरु गर्ने तयारी गरिएको वताउनुभयो । यस्तै पाल्पा अस्पतालमा रेफर ओपिडी सेवा बिहान ८ बजे देखि हुने छ ।

पाल्पा अस्पताल विकास समितिको बैठकले अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि निःशुल्क मास्क उपलब्ध गराउने भएको छ । यस्तै टिकट काउण्टरमा धेरै समय उभिनु पर्दा समस्या हुनेभएकोले टोकन प्रणाली लागु गरिने भएको छ । टिकट काउण्टरको संख्या थप गर्ने र अस्पतालमा आउने महिला बालबालिकाका लागि छुट्टै, ज्येष्ठ नागरिक अपाङ्गका लागि छुट्टै र अन्यका लागि छुट्टै टिकट काट्ने काउण्टरको व्यवस्था जस्ता महत्वपुर्ण निर्णय भएको अध्यक्ष आत्रेयले वताउनुभयो ।

सम्वन्धित  समाचार

रिफरले दिएको सास्ती, बिरामीको बेहाल – सरकारी अस्पतालको दुर्दशा

बिरामीको उपचार गर्ने अस्पताल आफै बिरामी, सेवा प्रवाह खुम्चिदै

पाल्पा अस्पतालबाट सहज रुपमा उपचार र औषधि प्राप्त नहुँदा जिल्लावासीले धेरै दुःख पाउनु परेको गुनासो आउने गरेको छ । स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा नपाइने बीमा मार्फत अन्य अस्पतालमा सेवा लिन जाँदा आवश्यक रेफरल लिनकै लागि मात्र पनि विरामीले सास्ती खेप्नु परेको अवस्थाको अन्त्य गर्ने र केही दिनमै जनताले सरकारी अस्पतालको सेवा सरल र स्तरीय भएको महशुस गर्ने गरी काम हुने अध्यक्ष आत्रेयको दावी छ ।

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago