सूचना प्रविधी दिवशको अवशरमा साताव्यापी कार्यक्रम गर्दै क्यान महासंघ पाल्पा

वसन्ती ढकाल,

पाल्पा १८ बैशाख ।
राष्ट्रिय सूचना प्रविध दिवसको अवसरमा क्यान महासंघ पाल्पाले साप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । कार्यक्रम अन्र्तगत बैशाख १९ गते तानसेनमा प्रभात फेरी कार्यक्रम, बैशाख २० गते लुम्विनी प्रदेशस्तरीय सुसासन र सम्बृद्धिका लागी सूचना प्रविधी र साइवर सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम, बैशाख २१ गते सूचना र प्रविधी साइवर सचेतना लागी विधालयहरुमा आइसीटी क्लव गठन गर्ने यस्तै बैशाख २२ गते गौतम बुद्ध मुटु अस्पताल तानसेनका विरामीहरु लाई फलफूल वितरण, बैशाख २३ गते तानसेनको टुडीखेलमा रक्तदान कार्यक्रम र अन्तिम दिन बैशाख २४ गते कार्यक्रमको समिक्षात्मक बैठक गर्ने कार्यक्रम रहेको क्यान महासंघ पाल्पाले तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


पत्रकार सम्मेलनमा क्यान महासंघ लुम्विनी प्रदेशका सदस्य महेश शर्मा आचार्यले सरकार संग मिलेर सूचना प्रविधी दिवश मनाउदै आएको बताए । उनले क्यान महासंघले गर्दै आएको सूचना प्रविधी दिवशलाई केन्द्र सरकारले नै आधिकारिक रुपमा मे २ लाई मनाउन थालेको स्मरण गराए । सरकारले क्यान महासंघ संग मिलेर सुरक्षित सूचना प्रविधी, सुशासन र सम्बृद्धि भन्ने मुल नाराका साथ जिल्ला, देखी पालिका सम्म यो दिवस मनाउन लागिएको क्यान पाल्पाका अध्यक्ष थमन बहादुर सारुले बताए ।

पत्रकार महासंघ पाल्पाका सदस्य कृष्ण पोखरेल, स्वतन्त्र पत्रकार संघ पाल्पाका उपाध्यक्ष भविन्द्र गौतम लगायतले सूचना प्रविधी अहिलेको अत्यावश्यक सेवाको रुपमा अगााडी आएको, सूचना प्रविधी विना जिवन नै चल्न नसक्ने, जिवन अपुरो अवस्थामा आए संगै चुनौती र खतरा पनी बढ्दै गएकोले सुरक्षित सूचना प्रविधी बनाउन लाग्नु पर्नेमा जोड दिए । क्यान महासंघ पाल्पाका अध्यक्ष थमन बहादुर सारुको अध्यक्षतामा भएको पत्रकार सम्मेलन महासंघका पुर्व अध्यक्ष भोजराज भट्टराईको स्वागत र सचिव सुदिप पौडेलको संचालनमा भएको थियो ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago