पाल्पा । समस्या नै समस्या रहेकाे पाल्पा अस्पतालमा केही सुधारकाे प्रयास सूरु गरीएकाे छ । जनताको अन्तिम भरोसाको केन्द्र स्वास्थ्य संस्था भएकोले उपचारका लागि पाल्पा अस्पताल आउने विरामीलाई सकेसम्म अन्यन्त्र उपचारका लागि जान नपर्ने गरी सेवा उपलब्ध गराउने योजना सहित नयाँ अस्पताल विकास समिति अगाडि बढेको छ । पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले अस्पतालको अहिलेको अवस्थाको अध्ययन गरेर तत्काल सुधार गर्नुपर्ने र क्रमशः सेवा सुधारका लागि आवश्यक कामका लागि चरणबद्ध योजना तयार गरेर काम सुरु गर्ने तयारी गरिएको वताउनुभयो । यस्तै पाल्पा अस्पतालमा रेफर ओपिडी सेवा बिहान ८ बजे देखि हुने छ ।

पाल्पा अस्पताल विकास समितिको बैठकले अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि निःशुल्क मास्क उपलब्ध गराउने भएको छ । यस्तै टिकट काउण्टरमा धेरै समय उभिनु पर्दा समस्या हुनेभएकोले टोकन प्रणाली लागु गरिने भएको छ । टिकट काउण्टरको संख्या थप गर्ने र अस्पतालमा आउने महिला बालबालिकाका लागि छुट्टै, ज्येष्ठ नागरिक अपाङ्गका लागि छुट्टै र अन्यका लागि छुट्टै टिकट काट्ने काउण्टरको व्यवस्था जस्ता महत्वपुर्ण निर्णय भएको अध्यक्ष आत्रेयले वताउनुभयो ।

सम्वन्धित  समाचार

रिफरले दिएको सास्ती, बिरामीको बेहाल – सरकारी अस्पतालको दुर्दशा

बिरामीको उपचार गर्ने अस्पताल आफै बिरामी, सेवा प्रवाह खुम्चिदै

पाल्पा अस्पतालबाट सहज रुपमा उपचार र औषधि प्राप्त नहुँदा जिल्लावासीले धेरै दुःख पाउनु परेको गुनासो आउने गरेको छ । स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा नपाइने बीमा मार्फत अन्य अस्पतालमा सेवा लिन जाँदा आवश्यक रेफरल लिनकै लागि मात्र पनि विरामीले सास्ती खेप्नु परेको अवस्थाको अन्त्य गर्ने र केही दिनमै जनताले सरकारी अस्पतालको सेवा सरल र स्तरीय भएको महशुस गर्ने गरी काम हुने अध्यक्ष आत्रेयको दावी छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago