सूचना प्रविधी दिवशको अवशरमा साताव्यापी कार्यक्रम गर्दै क्यान महासंघ पाल्पा

वसन्ती ढकाल,

पाल्पा १८ बैशाख ।
राष्ट्रिय सूचना प्रविध दिवसको अवसरमा क्यान महासंघ पाल्पाले साप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । कार्यक्रम अन्र्तगत बैशाख १९ गते तानसेनमा प्रभात फेरी कार्यक्रम, बैशाख २० गते लुम्विनी प्रदेशस्तरीय सुसासन र सम्बृद्धिका लागी सूचना प्रविधी र साइवर सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम, बैशाख २१ गते सूचना र प्रविधी साइवर सचेतना लागी विधालयहरुमा आइसीटी क्लव गठन गर्ने यस्तै बैशाख २२ गते गौतम बुद्ध मुटु अस्पताल तानसेनका विरामीहरु लाई फलफूल वितरण, बैशाख २३ गते तानसेनको टुडीखेलमा रक्तदान कार्यक्रम र अन्तिम दिन बैशाख २४ गते कार्यक्रमको समिक्षात्मक बैठक गर्ने कार्यक्रम रहेको क्यान महासंघ पाल्पाले तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


पत्रकार सम्मेलनमा क्यान महासंघ लुम्विनी प्रदेशका सदस्य महेश शर्मा आचार्यले सरकार संग मिलेर सूचना प्रविधी दिवश मनाउदै आएको बताए । उनले क्यान महासंघले गर्दै आएको सूचना प्रविधी दिवशलाई केन्द्र सरकारले नै आधिकारिक रुपमा मे २ लाई मनाउन थालेको स्मरण गराए । सरकारले क्यान महासंघ संग मिलेर सुरक्षित सूचना प्रविधी, सुशासन र सम्बृद्धि भन्ने मुल नाराका साथ जिल्ला, देखी पालिका सम्म यो दिवस मनाउन लागिएको क्यान पाल्पाका अध्यक्ष थमन बहादुर सारुले बताए ।

पत्रकार महासंघ पाल्पाका सदस्य कृष्ण पोखरेल, स्वतन्त्र पत्रकार संघ पाल्पाका उपाध्यक्ष भविन्द्र गौतम लगायतले सूचना प्रविधी अहिलेको अत्यावश्यक सेवाको रुपमा अगााडी आएको, सूचना प्रविधी विना जिवन नै चल्न नसक्ने, जिवन अपुरो अवस्थामा आए संगै चुनौती र खतरा पनी बढ्दै गएकोले सुरक्षित सूचना प्रविधी बनाउन लाग्नु पर्नेमा जोड दिए । क्यान महासंघ पाल्पाका अध्यक्ष थमन बहादुर सारुको अध्यक्षतामा भएको पत्रकार सम्मेलन महासंघका पुर्व अध्यक्ष भोजराज भट्टराईको स्वागत र सचिव सुदिप पौडेलको संचालनमा भएको थियो ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago