तनहुँले यसपटक देशको अर्थमन्त्रीको रुपमा स्वर्णिम वाग्लेलाई छान्दैछः सभापति रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तनहुँका जनताले यसपटक उपनिर्वाचनमार्फत देशको अर्थमन्त्रीको रुपमा स्‍वर्णिम वाग्लेलाई जिताउने बताएका छन्।

शनिबार रास्वपा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले तनहुँका जनताले आफ्नो नेतामात्रै नछानेर देशकै अर्थमन्त्री छान्ने दाबी गरेका हुन्।

उनले भने, ‘तनहुँले तनहुँको नेता मात्रै छान्दैन यसपटक। तनहुँले यसपटक देशको अर्थमन्त्री छान्दैछ। देशको अर्थमन्त्रीको  रुपमा स्वर्णिम वाग्लेलाई  छान्दैछ।’

संसारका विभिन्न देशलाई विज्ञताको आवश्यकता पर्दा वाग्लेले सल्लाह दिने गरेको उल्लेख गर्दै उनले के नेपाललाई स्वर्णिम वाग्लेजस्तो व्यक्ति चाहिँदैन र? भनेर प्रश्न गरे।

उनले भने, ‘संसारका कैयौँ देशहरुलाई विज्ञताको आवश्यकता पर्दा, अर्थ व्यवस्था मिलाउनका लागि विज्ञताको आवश्यकता पर्दा यो देशबाट स्वर्णिम वाग्लेले गएर सल्लाह दिनुहुन्छ।

के यसै देशलाई स्वर्णिम वाग्लले चाहिएको छैन होला र? तनहुँका जनतालाई यो कुरा थाहा छ।’

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago