काठमाडौँ – एकीकृत समाजवादीले उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने माग अघि सारेको छ।
एमाले माओवादीको गठबन्धन भत्केपछि सरकारमा जाने तयारीमा रहेको समाजवादीले आफ्नातर्फबाट सरकारमा चार जना सहभागी हुनुपर्ने बटम लाइन बनाउने भएको हो। पार्टी कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल भएको र त्यसका लागि पार्टीबाट चार जना सहभागी हुनुपर्ने विषयका कुराकानी भएको हो।
सरकारमा को को पठाउने भन्नेबारे छलफल भइरहेको नेता किसान श्रेष्ठले जानकारी दिए। समाजवादीको प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा आठ जना सांसद छन्।
दिउँसो १ः३० बजेदेखि जारी सरकारमा सहभागितासहित रास्ट्रपतिबारे पनि छलफल भएको छ।
बैठकमा अध्यक्ष माधव नेपालले मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीसँग भएको कुराकानी ब्रिफिङ गरेका छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…