रेखा थापा,मोरङबाट चुनाव लड्ने तयारीमा

विराटनगर – अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार सिफारिस भएकी छन् । उनी मंगलबार बिहानैदेखि गृहजिल्लामा राप्रपाको चुनावी सभामा सक्रिय छिन् ।

राप्रपाले उनको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको छ । रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । क्षेत्र नम्बर ६ मा पनि उनी उम्मेदवार बन्ने चर्चा छ । यद्यपि उनी उम्मेदवार बन्ने निर्वाचन क्षेत्रको टुंगो लागिसकेको छैन । नेकपा एमालेसँग तालमेल भए मात्रै रेखा थापा उम्मेदवार बन्ने उनी निकटहरु बताउँछन् ।

मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेको संगठन बलियो छ । स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर ३ मा पर्ने चारवटा पालिकाको प्रमुख एमालेले जितेको छ । सो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भानुभक्त ढकाल उम्मेदवार बन्ने तयारीमा छन् ।

२०७४ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार सुनिल शर्मालाई झिनो मतान्तरले पराजित गरेका ढकाललाई त्यसबेला ‘टुरिष्ट उम्मेदवार’को ट्याग लागेको थियो । टुरिष्ट उम्मेदवारको ट्याग मेट्न उनले सुन्दरहरैचा नगरपालिकाको खोर्सानेमा एक तले घर बनाएका छन् ।

एमालेबाट क्षेत्र नम्बर ६ मा पूर्व मन्त्री लालबाबु पण्डित दाबेदार छन् । पण्डित दाबेदार भएपनि क्षेत्र नम्बर ६ मा एमालेको संगठन कमजोर छ । ‘तालमेल भयो भने एमालेले क्षेत्र नम्बर ६ राप्रपालाई छाड्न सक्छ’, एमालेका एक नेताले भने, ‘क्षेत्र नम्बर ३ छोडन सकिन्न, क्षेत्र नम्बर ६ राप्रपालाई छाड्नुपरे पण्डित कमरेड समानुपातिक सूचीमा बस्नुहुन्छ ।’

मोरङ क्षेत्र नम्बर–६ मा सत्तारुढ गठबन्धनबाट कांग्रेस नेता डा. शेखर कोइराला उम्मेदवार बन्ने लगभग निश्चित छ । २०७४ सालको निर्वाचनमा उनी एमाले उम्मेदवार लालबाबु पण्डितसँग पराजित भएका थिए ।

राप्रपा नेता थापा आफू चुनाव लड्न तयार रहेको बताउँछिन् । मोरङको क्षेत्र नम्बर ३ बाट आफ्नो नाम सिफारिस भएको बताउँदै उनले गठबन्धन भए अन्य क्षेत्रबाट पनि उम्मेदवार बन्न सक्ने बताइन् । ‘मोरङ मेरो घर हो’, थापाले भनिन्, ‘मोरङको जुन क्षेत्रबाट पनि उम्मेदवार बन्न तयार छु ।’

नेकपा एमाले केन्द्रीय सदस्य विनोद ढकाल रेखा थापा उम्मेदवार बन्ने चर्चा सुनेपनि तालमेलका विषयमा जानकारी नभएको बताउँछन् । ‘माथिल्लो तहबाट केही कुरा भएको छ भने जानकारी भएन्,’ उनले भने,‘ रेखा थापा उम्मेदवार बन्ने कुरा हिजोबाट सुन्दैछु ।’

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago