काठमाडौँ – अर्थमन्त्रीमा पुनः नियुक्ति पाएका जनार्दन शर्माले पदभार ग्रहणका क्रममा आइतबार आफूमाथि लागेको आरोपमाथि केही पनि टिप्पणी गरेनन्।
अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपमा संसदीय समितिले सफाइ दिएपछि पुनः नियुक्ति पाएका शर्माले पदभारका क्रममा त्यसबारे केही पनि उल्लेख नगरेका हुन्।
शिलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएपछि साँझ अर्थमन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। उनको पदभार ग्रहणका क्रममा अर्थसचिव मधुकुमार मरासनी अनुपस्थित रहे। उनलाई राजश्व सचिव कृष्णहरि पुस्करले स्वागत गरेका थिए।मन्त्री शर्माले पदभार ग्रहण गर्दै निक्षेप बीमाको सीमा बढाउने निर्णयमा हस्ताक्षर गरेका छन्।
चालु आवको बजेटमा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा बिस्तार गरिने उल्लेख छ। अब निक्षेप बीमाको विद्यमान सीमा ३ लाख रुपैयाँलाई बढाएर ५ लाख बनाइएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…