बजेट विवाद र छानबिनबारे केही पनि बोलेनन् अर्थमन्त्री शर्मा

काठमाडौँ – अर्थमन्त्रीमा पुनः नियुक्ति पाएका जनार्दन शर्माले पदभार ग्रहणका क्रममा आइतबार आफूमाथि लागेको आरोपमाथि केही पनि टिप्पणी गरेनन्।

अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपमा संसदीय समितिले सफाइ दिएपछि पुनः नियुक्ति पाएका शर्माले पदभारका क्रममा त्यसबारे केही पनि उल्लेख नगरेका हुन्।

शिलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएपछि साँझ अर्थमन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। उनको पदभार ग्रहणका क्रममा अर्थसचिव मधुकुमार मरासनी अनुपस्थित रहे। उनलाई राजश्व सचिव कृष्णहरि पुस्करले स्वागत गरेका थिए।मन्त्री शर्माले पदभार ग्रहण गर्दै निक्षेप बीमाको सीमा बढाउने निर्णयमा हस्ताक्षर गरेका छन्।

चालु आवको बजेटमा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा बिस्तार गरिने उल्लेख छ। अब निक्षेप बीमाको विद्यमान सीमा ३ लाख रुपैयाँलाई बढाएर ५ लाख बनाइएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago