आजको कारोबार पश्चात २१९५.१० अंकमा उक्लियो

काठमाडौँ: साताको पहिलो कारोबारमा सेयर बजार परिसूचक उच्च अंकले वृद्धि भएको छ। आइतवार बजार परिसूचक ५४.५८ अंकले बढेको हो। गत साताको अन्तिम कारोबार पश्चात २१४०.५३ रहेको समग्र बजार परिसूचक आजको कारोबार पश्चात २१९५.१० अंकमा उक्लिएको छ ।

आइतवार बजार परिसूचक ५४.५८ अंक अर्थात २.५५ प्रतिशतले बढेको छ। यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ९.७२ अंक बढेर ४१९.२० अंकमा कायम रहेको छ। साताको पहिलो कारोबारमा कारोबार रकममा पनि बढोत्तरी भएको छ। ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

६७ हजार ७ सय ४० पटकमा १ करोड १३ लाख ३९ हजार ४सय ७६ कित्ता सेयर खरिद बिक्री भएको छ जसमा २२० कम्पनी सामेल थिए । बढ्दो बजारमा १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५१ कम्पनीको सेयर मूल्य घटेको छ।

बजार बढ्दा आइतवारको कारोबारमा नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जेनेरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनी तथा युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago