कसले बनाउने अन्यौल हुँदा पुल निर्माणमा ढिलाइ

बैतडी: पाटन बजार जोड्ने मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ । सुर्नया नदीमा बन्न लागेको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल पुल समयमै निर्माण नहुँदा समस्या भएको हो ।

सुर्नया नदीमा २०७१ सालमा पुल निर्माण सुरु भएको हो । पचास मिटर लमो उक्त पुल निर्माण दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । आठ वर्ष बितिसक्दा पनि पुल निर्माण कार्य सम्पन्न हुनसकेको छैन । लामो समयसम्म पुल निर्माण नहुँदा डैसीली, लदौली, सकार, बाडुलासौँ, पोखरी, गनडा, किम्तोली र उल्लकाका बासिन्दा समस्यामा छन् । ठेकेदारको लापरबाहीले समयमै पुल निर्माण हुन नससकेको स्थानीयको आरोप छ ।

बर्खा लागेसँगै सुर्नयामा पानीको बहाव बढेपछि सो सडक अवरुद्ध हुने गरेको छ । नदीमा पानीको बहाव बढेपछि सकार कैलपालबाट पाटन जोड्ने सडक अवरुद्ध हुने गरेको छ । वर्षात्मा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवतजावत गर्न र खाद्यान्न ढुवानी गर्न समस्या हुने गरेको छ । संघीयता आएपछि प्रदेश सरकारले बनाउने कि संघीय सरकारले बनाउने भन्ने विषयमा अन्यौल हुँदा पुल निर्माणमा ढिलाइ भएको एस के निर्माण सेवाका सञ्चालक मदनमोहन विष्टले बताए ।

रु दुई करोड ९० लाखको लागतमा निर्माण भइरहेको उक्त पुलको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको विष्टले बताए । पछिल्लो समयमा २०८० असार मसान्तमा ठेक्का म्याद थपिएको थियो । विसं २०७९ माघसम्म पुल निर्माण गरिसक्ने विष्टको दाबी छ । रासस

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago