काठमाडौँ: बिहीबार बसेको लगानी बोर्डको ५० औं बैठकले सूर्यतारा सिमेन्ट उद्योगको १४ अर्ब २७ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । बैठकले तल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत गरेको बोर्ड कार्यालयका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए ।
नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्नका लागि अध्ययन अनुमति दिन जर्मनीको कम्पनी डीआईएजीसँग सम्झौता गर्ने प्रस्ताव तयार गरेर बोर्डको अर्को बैठकमा पेश गर्ने निर्णय पनि भएको छ । त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटीका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको पनि अधिकारीले जानकारी दिए । आजको बैठकले लगानी बोर्डको कोष स्थापनासम्बन्धी अवधारणापत्र समेत स्वीकृत गरेको छ । बोर्डअन्तर्गतका आयोजनामा लगानी गर्नका लागि कोष बनाउने प्रक्रिया अघि बढाइसकेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…