बलेफी हाईड्रोपावरको IPO मा पहिलो दिनमै ३.१४ गुणा बढी आवेदन

काठमाडौं: बलेफी हाईड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन (IPO) बिक्री आज खुल्ला भएको छ। निष्काशनको पहिलो दिनमै सर्वसाधारणको लागि खुल्ला गरिएको शेयरको माग भन्दा धेरै आवेदन परेको छ।

सिडिएससी बाट प्राप्त जानकारी अनुसार पहिलो दिनको साझ ५:०१ बजे सम्ममा ४ लाख ३३ हजार ४ सय ७१ जना आवेदकले ५२ लाख २२ हजार ४ सय ८० कित्ताको लागि आवेदन दिएका छन्। यो संख्या माग गरिएको आवेदन भन्दा ३.१४ गुणा बढी हो। यस अनुसार १ लाख ६६ हजार ३ सय ४२ जना आवेदकले १० कित्ताको दरले र ३ जना आवेदकले ११ कित्ताको दरले पाउने भएका छन्।

कम्पनीको जारी पूंजी रु.१.८२ अर्बको १०% अर्थात रु.१८.२७ करोडको प्रति शेयर रु.१०० अंकित दरका १८ लाख २७ हजार ९ सय ७० कित्ता साधारण शेयर मध्ये ९१ हजार ३ सय ९८ कित्ता अर्थात ५% शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा ७३ हजार १ सय १९ कित्ता अर्थात ४% शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने १६ लाख ६३ हजार ४ सय ५३ कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको हो।

इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

निष्काशन आज मिति २०७८ चैत्र १६ गते देखि २१ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago