बलेफी हाईड्रोपावर लिमिटेडले आईपीओ जारी गर्नुको उद्देश्य

काठमाडौं: बलेफी हाईड्रोपावर लिमिटेडले बुधबार (चैत १६ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको हो।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयरको लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानियलाई १८ करोड २७ लाख ९७ हजार रुपैयाँ र सर्वसाधारणलाई १८ करोड २७ लाख ९७ हजार रुपैयाँ गरी ३६ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ९७ लाख ७० हजार रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गरेको शेयरमा चैत २१ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे चैत ३० गतेसम्म म्याद थप हुनेछ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्तम १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता एनएमबी, सनराईज, हिमालयन र कुमारी क्यापिटल रहेका छन्।

औषत जोखिम जनाउने रेटिङ्ग

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६३ अनुसार सर्वसाधारणलाई निष्काशन गरिने शेयरको इस्युर रेटिङ्ग गराउने पर्ने व्यवस्था छ।

त्यस अनुसार कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउछ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई २०७८ पुस १ गते रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म कायम रहन्छ।

कस्तो कम्पनी हो?

बलेफी हाईड्रोपावर लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०७३ पुस २२ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आईरहेको छ।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १२ टेकु, काठमाडौंमा रहेको छ। कम्पनी अन्तर्गत निर्माणाधीन बलेफी हाईड्रोपावर आयोजना भने सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकाको वडा नं. २, ३ र ४ मा रहेको छ।

कम्पनीले ३६ मेगावाट क्षमताको बलेफी हाईड्रोपावर आयोजना निर्माण गरिरहेको छ।

आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ र प्रति मेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले धितोपत्र जारी गर्नुको उद्देश्य आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिनु र बैंकबाट लिईएको कर्जा भुक्तानीको लागि रकम संकलन गर्नु रहेको जनाएको छ।

यस्तै कम्पनीले निमाणाधीन आयोजनाको पूर्वाधार निमार्णको लागि पनि आईपीओ निष्काशन गर्नु परेको जनाएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानियलाई १८ करोड २७ लाख ९७ हजार रुपैयाँ र सर्वसाधारणलाई १८ करोड २७ लाख ९७ हजार रुपैयाँ गरी ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर निष्काशनमा ल्याएको छ।

कम्पनीले स्थानीय आयोजना प्रभावित र सर्वसाधारणलाई निष्काशन गरेर संकलन भएको ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित भएको कर्जा चुक्ता गर्न प्रयोग गर्ने जनाएको छ।

तीन वर्षमा सञ्चित नाफा ३ करोड पुर्याउने

कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ३ करोड १८ लाख ३० हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ९ करोड ३० लाख ३४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो।

यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ को पुससम्ममा कम्पनी ९ करोड ४० लाख १८ हजार रुपैयाँ नोक्सानीमा रहेको छ।

आर्थिक वर्ष २०७८/७९ मा भने कम्पनीले नोक्सानी झन् बढेर २७ करोड ९९ लाख ८८ रुपैयाँ पुग्ने अनुमान गरेको छ।

आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७५ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ६४ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी २८ पैसा नोक्सानीमा रहेको थियो।

आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ र प्रति मेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ लाग्ने कम्पनीले प्रक्षेपण गरेको छ।

साधारण तर्फ लगानी फिर्ता हुने अवधि ७.५४ वर्ष रहेको छ भने डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १४.१० वर्ष रहेको छ।

पूँजी संरचना

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणलाई ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ९७ लाख ७० हजार रुपैयाँ पुग्नेछ।

कम्पनीको अधिकृत पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ।

आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापक ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ।

सञ्चालक समिति

कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ। संस्थापक शेयरधनीको तर्फबाट ५ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र स्वतन्त्र गरी ७ जना सञ्चालक समिति रहने व्यवस्था छ।

हाल कम्पनीको सञ्चालक समितिमा ५ जना सञ्चालकहरु रहेका छन्। सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात कम्पनीले स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना गरी २ जना सञ्चालक चयन गर्नेछ। सञ्चालकको कार्यकाल बढीमा ४ वर्षको हुनेछ।

कम्पनी सञ्चालक समितिको अध्यक्षमा हाईड्रोपावर सेक्टरमा १४ वर्षदेखि आवद्ध रहेका उमेश कसजु छन्। यस्तै सुशिल गुप्ता, सन्दीप कुमार सारदा, शक्ति कुमार गोल्याण र शुलभ अग्रवाल रहेका छन्।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा भने राजन धिताल रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ। त्यसको लागि कम्पनीले नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरुको समेत निर्माण गर्ने योजना बताएको छ।

सम्भाव्य जलविद्युत आयोजनाको पहिचान गरी अनुमतिपत्र प्राप्त गरी सर्वेक्षण, निर्माण, सञ्चालन र ब्यवस्थापन गर्ने र ती आयोजनाहरुबाट उत्पादित विद्युत शक्ति बिक्री गर्ने कम्पनीको रणनीति रहेको छ। विभिन्न जलविद्युत आयोजनाहरुको सर्वेक्षण, निर्माण, सञ्चालन र व्यवस्थापन गर्न अन्य कम्पनीसँग मिलि लगानी गर्ने वा नयाँ कम्पनी स्थापना गरी सो कार्य गर्ने योजना समेत कम्पनीले बताएको छ।

उत्पादित विद्युत शक्तिको बिक्री वितरणका निमित्त आवश्यकता अनुसार सवस्टेशन तथा प्रसारण लाइनहरु निर्माण गर्ने र राष्ट्रिय प्रसारण प्रणालीसँग जोडी बिक्री वितरण गर्न आवश्यक व्यवस्था गर्ने लक्ष्य रहेको छ।

उत्पादित विद्युत शक्ति नेपाल सरकार वा कुनै संगठित संस्थालाई एकमुष्ट बिक्री गर्ने वा प्रचलित कानूनको अधिनमा रही आफ्नै प्रसारण लाइन विकास गरी वा अन्य निकायको प्रसारण लाइन प्रयोग गरी विद्युत उपभोक्ताहरुलाई बिक्री वितरण गर्ने पनि कम्पनी योजना रहेको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago