सिइओ तिमिलाको वार्षिक तलब सुविधा ६० लाख २१ हजार

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत ६० लाख २१ हजार रुपैयाँ प्राप्त गरेका छन् । उनले गत आर्थिक वर्ष २०७७/७८ मा वार्षिक तलब र अलाउन्सेस बापत ५० लाख ९५ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै उनले नियम अनुसार मुनाफाबाट ९ लाख १६ हजार रुपैयाँ बोनस प्राप्त गरेका छन् ।

उनि भन्दा अगाडीका प्रमुख कार्यकारी अधकृतले भने बोनश मात्रै २२ लाख १६ हजार रुपैयाँ प्राप्त गरेका थिए । त्यस्तै अघिल्लो आर्थिक वर्षमा कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई तलब मात्रै ४७ लाख ६१ हजार सहित जम्मा ६९ लाख ८९ हजार रुपैयाँ खर्चिएको थियो । तिमिला प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा २०७६ पुसमा नियुक्त भएका थिए । अघिल्लो आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतका लागि खर्च भएको केहि रकम उनको भागमा पनि परेको छ।

गत आर्थिक वर्षमा सञ्चालक समितिका अध्यक्ष तथा सदश्यहरुले मिटङ भत्ता तथा अलाउन्सेस बापत ४७ लाख ७६ हजार रुपैयाँ प्राप्त गरेका थिए । त्यस्तै अन्य उपसमितिका संयोजक तथा सदश्यहरुले ७ लाख ४५ हजार रुपैयाँ बुझेका थिए ।

कम्पनीको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने यस वर्षमा एक करोड २४ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रिमियर इन्स्योरेन्स कम्पनीको कर्मचारीहरुलाई तलब बापत ६ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै कर्मचारीहरुले तलब बापत अलाउन्सेस बापत ५ करोड ९४ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस बाहेक कर्मचारीहरुले मुनाफाबाट ४ करोड ७२ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन् ।

प्रिमियर इन्स्योरेन्स कम्पनीले माघ २१ गते २८ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारसभाले शेयरधनीहरुका लागि भने १४.२५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्दैछ । अर्थात शेयरधनीहरुले १५ करोड ३१ लाख २४ हजार ८०० रुपैयाँको बोनश शेयर प्राप्त गर्ने छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago