जङ्गली च्याउ खाँदा छ जना बिरामी

२०७९, १६ असार बिहीबार ११:०५

रुपन्देही, १६ असार । जङ्गली च्याउ खाँदा छ जना बिरामी परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँका छ जना जङ्गली च्याउ खाएर बिरामी परेका हुन । विरामी मध्ये ५ जनाकाे अवस्था गम्भीर रहेको रुपन्देही प्रहरीले जनाएको छ । जङ्गली च्याउ खाएर बिरामी परेका उनीहरुको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

जङ्गलबाट च्याउ ल्याएर खाएका २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षकी सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक र ३३ वर्षीया दुर्गा विकको अवस्था गम्भीर रहेको उस्पताललाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनु भयो । उनीहरु अस्पतालमा ल्याउँदा अचेत अवस्थामा थिए । त्यस्तै ५० वर्षीय हुमबहादुर बिकको अवस्था सामान्य छ ।

Comments

ताजा खबर