आमा ईश्वरको स्वरूप भवमा, यो सत्य हो शाश्वत
आमा मिष्ट सुगन्ध हुन् कुसुमकी,आमा स्वयम् पुष्पक ।
आमाको अनुरागले शिखर झैँ पग्लन्छ है पत्थर
आमा प्रीत र प्यार हुन् प्रणय हुन् , हुन् प्रेमकी सागर ।।
आमा ज्ञानद हुन् र ज्ञानमय हुन्, आमा महान् कृष्टि हुन्
आमा भागिरथी पुनीत जलकी, धारा सुधा वृष्टि हुन् ।
आमा युद्ध जिताउने समरकी ब्रह्मास्त्र हुन् दर्बिलो
आमा सत्य र धर्मकी भुवनमा ,दिव्यास्त्र हुन् दर्बिलो ।।
आमा कल्मषकी विनाशक स्वयम् हुन् दुष्ट संहारिका
आमा हुन् भवमोचनी,बलप्रदा,हुन् धर्मकी चालिका ।
आमा नीर बनिन् स्वयम् तृषितको,खाना बनिन् भोकमा
आमाको प्रिय काख स्वर्ग सरि हो निस्तेज यो लोकमा ।।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…