काठमाडौं: भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान प्रदेश–१ लगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रहेको छ ।
आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ ।
विभागले आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…